बागलुङ , असोज ११ । निसीखोला गाउँपालिका–३ मा गएको पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु भएको छ।
पहिरोमा परी स्थानीय श्यामकुमारी विक र उनका तीन छोराको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख फणीन्द्र प्रसाईंका अनुसार पहिरोमा पुरिएका श्यामकुमारीका छोराहरू मनोज विक, मुकेश विक र निसान विकको शव प्रहरी तथा स्थानीयवासीको सहयोगमा बाहिर निकालिएको हो।
घटनास्थलमा उद्धार तथा खोजी कार्यसँगै घटनाबारे थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।




