चितवन, असोज १४ । कालिका नगरपालिका–९ शक्तिखोर सम्फरा बस्ने ३८ वर्षीय मनिराज चेपाङको करेन्ट लागेर मंगलबार राति मृत्यु भएको छ ।
आफ्नै घरमा विद्युत लाईनको काम गरिरहेको अवस्थामा करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारको लागि स्थानीय बिबेक मेडिकलतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।




