• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
सोमबार, असोज २६, २०८३
☰
सोमबार, असोज २६, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. साताको पहिलो दिन नेप्से परिसूचक दोहोरो अंकले घट्यो, ३ अर्ब २७ करोडको कारोबार

  • २. कांग्रेस महाधिवेशनको चौथो दिन : आज बन्द सत्रबाट प्रतिवेदन पारित हुँदै, सभापति थापाले सम्बोधन गर्ने

  • ३. कांग्रेसको बन्द सत्र जारी, सभापतिसहित चार पदाधिकारीको प्रतिवेदनमाथि छलफल

  • ४. कांग्रेस महाधिवेशन : दुई घण्टामा १ हजार २९३ मत खस्यो

  • ५. भोटेकोशी–त्रिशूली बाढीमा अत्यावश्यकबाहेक खोज तथा उद्धार स्थगित गर्ने सरकारको निर्णय

  • ६. पशुपतिनाथमा श्रीमान्‌को प्रवेशबारे सांसद आशिका तामाङको कडा जवाफ

  • ७. आनको आयोजनामा रेड बुल १३औँ कृति अवार्ड्स २०८३ को ‘कृति इग्नाइट’ कार्यक्रम सम्पन्न

  • ८. दीपचन्द्र रेग्मी ग्लोबल आइएमई बैंकको डीसीईओमा नियुक्त

  • ९. कांग्रेस महाधिवेशन एक दिन लम्बियो: भोलि असोज २३ गते बिहान ७ बजेदेखि मात्रै भोट खस्ने

  • १०. कांग्रेस महाधिवेशनको बन्द सत्र शुरू, तीन छुट्टाछुट्टै हलमा छलफल

गोरखाको बुढीगण्डकी नदीमा लेदोसहितको बाढी: ५ जना बेपत्ता, उद्धार कार्य जारी


  •   सोमबार, असोज २६, २०८३ मा प्रकाशित
  •  

    Advertisement

    गोरखा, असोज २६ । गोरखाको चुमनुव्री गाउँपालिका–६ स्थित लोक्पा र चुम्लिङबीच आइतबार बिहान गएको पहिरोका कारण बुढीगण्डकी नदीमा लेदोसहितको भीषण बाढी आएको छ। बाढीले तल्लो तटीय क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ भने पाँच जना बेपत्ता भएको सूचना प्राप्त भएको छ। बेपत्ताहरूको खोजी तथा उद्धार कार्य तीव्र पारिएको छ।

    बाढीले झोलुङ्गे तथा पक्की पुल, टेलिफोन टावर, विद्युत् पोल, निर्माणाधीन बुढीगण्डकी जलविद्युत् आयोजनाको क्याम्प क्षेत्र, निर्माण उपकरण र आसपासका घरहरू बगाएको छ।

    घटनाबारे सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय आरुघाटबाट प्रहरी टोली परिचालन गरी नदी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको थियो। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बिहान ६ बजे गोरखा, धादिङ, तनहुँ, चितवन, नवलपरासी (पूर्व) र नवलपरासी (पश्चिम) जिल्लाका २२१ जना प्रतिकार्यकर्तालाई तत्काल परिचालन हुन एसएमएसमार्फत निर्देशन दिएको थियो।

    त्यसैगरी, जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रअन्तर्गत बाढी पूर्वानुमान महाशाखाले गोरखादेखि धादिङ हुँदै चितवनको बेनिघाटसम्मका सर्वसाधारणलाई दुई चरणमा करिब दुई लाख एसएमएस पठाएर पूर्वसूचना प्रवाह गरेको जनाएको छ।

    प्रभावित क्षेत्रको सल्लेरीस्थित निर्माणाधीन बुढीगण्डकी जलविद्युत् आयोजनाका १२ कर्मचारीसहित ४८ जनालाई उद्धार गरी सुरक्षित स्थानमा राखिएको छ। घटनापछि प्रभावित क्षेत्रमा खोजी तथा उद्धार कार्य निरन्तर जारी छ।

    उद्धार तथा प्रतिकार्यका लागि नेपाली सेनाका तीनवटा स्पेसल फोर्ससहित १२७ जना, नेपाल प्रहरीका १३३ जना र सशस्त्र प्रहरी बल, नेपालका १७७ जना गरी कुल ४३७ जना सुरक्षाकर्मी परिचालन गरिएको छ। उद्धार कार्यलाई प्रभावकारी बनाउन नेपाली सेनाका चारवटा हेलिकोप्टरसमेत प्रभावित क्षेत्रमा खटाइएको छ।

    पहिरो तथा बाढीको कारण पत्ता लगाउन भूगर्भविद्सहित तीन सदस्यीय टोली ड्रोनसहित परिचालन गरिएको छ। आवश्यकताअनुसार प्रतिकार्यमा खटाउन नेपाल प्रहरीको विपद् प्रतिकार्य तथा तालिम केन्द्रमा ५० जनाको टोलीलाई तयारी अवस्थामा राखिएको छ।

    यसैबीच, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको विपद् प्रतिकार्य कमाण्ड पोस्टको बैठक निरन्तर सञ्चालन भइरहेको छ। बैठकमार्फत बाढीको अवस्थाको अनुगमन तथा विश्लेषण, जोखिमसम्बन्धी सूचना प्रवाह र सम्बन्धित निकायबीच समन्वय तथा सहजीकरणका काम भइरहेको छ।

    प्रभावित क्षेत्रमा स्थल तथा हवाई मार्गबाट अत्यावश्यक राहत सामग्री ढुवानी भइरहेको छ। सडक सञ्चालन पुनःस्थापना र बेलिब्रिज जडानको सम्भाव्यता अध्ययन गर्न सडक विभाग तथा स्थानीय पूर्वाधार विकास विभागका महानिर्देशकसहितको टोली परिचालन गरिएको छ। आरुघाटमा बेलिब्रिज जडानका लागि आवश्यक तयारीसमेत सुरु गरिएको छ।

    गोरखा, लमजुङ र तनहुँका जिल्लास्तरीय द्रुत प्रतिकार्य टोली तथा स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा राखिएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छतासम्बन्धी निकायको नेतृत्वमा प्रदेश र स्थानीय तहका आपत्कालीन चिकित्सकसहितको स्वास्थ्य टोली पनि परिचालनका लागि तयारी अवस्थामा रहेको जनाइएको छ। प्रभावित क्षेत्रमा अलपत्र परेका पर्यटकको उद्धारका लागि सम्बन्धित मन्त्रालय तथा कम्पनीहरूलाई आवश्यक निर्देशन दिइएको छ।

    सरकारले प्रभावित क्षेत्रको जनजीवन सामान्य बनाउन, खोजी तथा उद्धार कार्यलाई तीव्रता दिन र क्षतिग्रस्त भौतिक पूर्वाधार पुनः सञ्चालनमा ल्याउन आवश्यक कदम अघि बढाएको जनाएको छ। बाढीको जोखिम कायम रहन सक्ने भएकाले नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन र सम्बन्धित निकायले जारी गर्ने सूचनाको पालना गर्न आग्रह गरिएको छ।

    सोमबार, असोज २६, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कांग्रेसको १५औँ महाधिवेशन : उपसभापतिमा चन्द्रकान्त , मधु , बिनोद र महामन्त्रीमा प्रदीप र उदयशमशेर विजयी
    लगानी बोर्डको ६८औँ बैठकबाट दुई जलविद्युत् आयोजनाको लगानी स्वीकृत
    कांग्रेस महाधिवेशन: दिउँसो २:३० बजेसम्म ३ हजार ७५४ मत खस्यो
    कांग्रेस महाधिवेशनको मतदान समय दुई घण्टा थपियो, साँझ ५ बजेसम्म मतदान हुने
    आनको आयोजनामा रेड बुल १३औँ कृति अवार्ड्स २०८३ को ‘कृति इग्नाइट’ कार्यक्रम सम्पन्न
    उदयपुरमा पिकअप जिपमा सिटी सफारी ठोक्किँदा बालिकाको मृत्यु, एक घाइते

    लोकप्रिय

    • १.
      साताको पहिलो दिन नेप्से परिसूचक दोहोरो अंकले

    • २.
      कांग्रेस महाधिवेशनको चौथो दिन : आज बन्द

    • ३.
      कांग्रेसको बन्द सत्र जारी, सभापतिसहित चार पदाधिकारीको

    • ४.
      कांग्रेस महाधिवेशन : दुई घण्टामा १ हजार

    • ५.
      भोटेकोशी–त्रिशूली बाढीमा अत्यावश्यकबाहेक खोज तथा उद्धार स्थगित

    • ६.
      पशुपतिनाथमा श्रीमान्‌को प्रवेशबारे सांसद आशिका तामाङको कडा

    भर्खरै

    • १.
      गोरखाको बुढीगण्डकी नदीमा लेदोसहितको बाढी: ५ जना बेपत्ता, उद्धार कार्य जारी

    • २.
      कांग्रेसको १५औँ महाधिवेशन : उपसभापतिमा चन्द्रकान्त , मधु , बिनोद र महामन्त्रीमा प्रदीप र उदयशमशेर विजयी

    • ३.
      लगानी बोर्डको ६८औँ बैठकबाट दुई जलविद्युत् आयोजनाको लगानी स्वीकृत

    • ४.
      कांग्रेस महाधिवेशन: दिउँसो २:३० बजेसम्म ३ हजार ७५४ मत खस्यो

    • ५.
      कांग्रेस महाधिवेशनको मतदान समय दुई घण्टा थपियो, साँझ ५ बजेसम्म मतदान हुने

    • ६.
      आनको आयोजनामा रेड बुल १३औँ कृति अवार्ड्स २०८३ को ‘कृति इग्नाइट’ कार्यक्रम सम्पन्न

    • ७.
      उदयपुरमा पिकअप जिपमा सिटी सफारी ठोक्किँदा बालिकाको मृत्यु, एक घाइते

    • ८.
      ग्लोबल आइएमई बैंकको उपत्यकाभित्रका सबै शाखाबाट अमेरिकी डलर साट्न सकिने

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.