काठमाडौं, असोज २३ । नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदानमा दुई घण्टाको अवधिमा १ हजार २९३ मत खसेको छ। बिहान ८:३० देखि १०:३० बजेसम्म विभिन्न प्रदेशमा उक्त संख्यामा मतदान भएको हो।
मतदानको विवरणअनुसार कोशी प्रदेशबाट २२२, सुदूरपश्चिम र कर्णाली प्रदेशबाट २५७, लुम्बिनीबाट २०२, गण्डकीबाट १८८ र बागमती प्रदेशबाट २१७ मत खसेको छ।
नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदान प्रक्रिया निर्वाध रूपमा जारी छ। महाधिवेशन प्रतिनिधिहरूले सभापतिसहित केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्य चयन गर्न मतदान गरिरहेका छन्।




