काठमाडौं, असोज २३ । ग्लोबल आइएमई बैंकले विदेश यात्रामा जाने यात्रुहरूका लागि अमेरिकी डलर नगद साट्ने सुविधा उपलब्ध गराएको छ ।
नयाँ व्यवस्थाअनुसार यात्रुहरूले आफ्नो विदेश यात्रा सुरु गर्नुअघि नै आवश्यक परेको अमेरिकी डलर बैंकका शाखाहरूबाट सहज रूपमा साट्न सक्नेछन् । यो सेवा काठमाडौँ उपत्यकाभित्र रहेका ग्लोबल आइएमई बैंकका सबै शाखाहरूमा उपलब्ध गराइएको छ ।
सुविधासम्बन्धी थप विस्तृत जानकारी प्राप्त गर्नका लागि बैंकको ‘ग्लोबल कनेक्ट’ को टेलिफोन नम्बर +९७७ १ ५९७०६०० वा इमेल ठेगानामा सम्पर्क गर्न सकिने बैंकले जनाएको छ ।




