• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
आइतबार, असोज १८, २०८३
☰
आइतबार, असोज १८, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ४. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ५. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ६. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

  • ७. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

  • ८. एनसेलले ल्यायो आईफोन १८ सिरिज खरिदकर्ताका लागि विशेष बन्डल अफर

  • ९. कान्ति राजमार्ग पुनः दुईतर्फी सञ्चालन

  • १०. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

दुर्गम गाउँमा विशेषज्ञ उपचार सेवा


  •   शनिबार, मङि्सर ०३, २०७९ मा प्रकाशित
  • मान्म, ३ मङ्सिर ।

    Advertisement

    कालीकोट जिल्लाका दुर्गम रहेका स्वास्थ्य संस्थाहरुले गाउँमा नै विशेषज्ञ उपचार सेवा दिन थालेका छन् । कालीकोट जिल्लाका नौ स्थानीय तहमध्ये रास्कोट नगरपालिकाको नगर अस्पताल र तिलागुफा नगरपालिकाकोे नगर अस्पतालले गाउँमा नै विशेषज्ञ सेवा दिन थालेका हुन् ।

    रास्कोट नगर अस्पताल र तिलागुफा नगर अस्पतालले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला, जिल्ला अस्पताल कालीकोट र विशेषज्ञ सेवा दिने अन्य अस्पतालको सहयोगमा नगरपालिकाको स्वास्थ्य सेवा कार्यक्रमको आयोजनामा गाउँगाउँमा विशेषज्ञ सेवा प्रदान गर्दै आएका छन् ।

    रास्कोट नगरपालिकाले ‘मेयर हेल्थ केयर कार्यक्रम’ मार्फत विभिन्न अस्पतालको सहयोगमा गाउँमा नै एकीकृत घुम्ती शिविर सञ्चालन गर्ने गरेको छ भने तिलागुफा नगरपालिकाले ‘स्वास्थ्य सेवामा सबैैको पहुँच’ कार्यक्रम सञ्चालन गरेर स्वास्थ्य सेवा दिँदै आएका छन् । ‘मेयर हेल्थ केयर कार्यक्रम’ मार्फत गाउँगाउँमा स्वास्थ्य परीक्षण, बैंकमार्फत घरघरमा सामाजिक सुरक्षा भत्ता कार्यक्रम, साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत घरघरमा आयोडिनयुक्त नुन वितरण, कृषि सेवा, पशु सेवा र आयुर्वेद सेवामार्फत उपचार दिँदै आएको छ ।

    रास्कोट नगरपालिकाले प्रत्येक तीन महिनामा विशेषज्ञ सेवासहित हरेक टोल तथा गाउँमा नागरिकको स्वास्थ्य परीक्षणका ‘मेयर हेल्थ केयर कार्यक्रम’ मार्फत भिडियो एक्स–रे, गर्भवती जाँच, क्षयरोग जाँच तथा उपचार, मधुमेह, रक्तचापलगायतका रोगको उपचार र औषधी वितरण गर्ने गरिएको रास्कोट नगर अस्पतालका प्रमुख कौशल न्यौपानेले जानकारी दिनुभयो । “हामीले देशका प्रतिष्ठित अस्पतालसँगको सहकार्यमा गाउँमा नै घुम्ती शिविर चलाएर विशेषज्ञसहित उपचार सेवा दिने गरेका छौँ ।”

    विशेषज्ञ सेवामार्फत गाउँमा नै चालु आर्थिक वर्षमा झन्डै दुई हजार नागरिकलाई मोतियाविन्दुको उपचार, गर्भवती सेवा, दन्त रोगको उपचार सेवा, दम रोग, छाला रोग, अन्य जटिल प्रकारका शल्यक्रियालगायतका सेवा दिएको नगर अस्पतालका प्रमुख न्यौपानेले बताउनुभयो । उहाँले भन्नुभयो, “नागरिकलाई जटिल रोग लाग्न नदिन पहिलो प्राथमिकता गाउँमा नै विशेषज्ञ उपचार सेवा दिएर रोगको निदान गर्नु हो ।”

    गुणस्तरीय प्रभावकारी स्वास्थ्य सेवामा नागरिकको सहज पहुँच पु¥याउन बस्तीस्तरमा ‘मेयर हेल्थ केयर कार्यक्रम’ मार्फत सेवा सुरुआत गरिएको रास्कोट नगरपालिका प्रमुख धर्मराज शाहीले बताउनुभयो । “वडास्तरमै यस कार्यक्रममार्फत विशेषज्ञसहितको चिकित्सकको टोली परिचालन गरी नागरिकलाई स्वास्थ्य सेवा दिइनेछ”, उहाँले भन्नुभयो, “आपत्कालीन बिरामीहरु नगर अस्पताल र स्वास्थ्य संस्थामा ल्याउनुपर्र्छ । नियमित स्वास्थ्य जाँच र थप उपचारका लागि बस्तीमा नै डाक्टरसहितको टोली पुग्ने गर्दछ ।”

    ‘मेयर हेल्थ केयर कार्यक्रम’ जिल्ला अस्पताल कालीकोट, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलगायतका देशका अन्य प्रतिष्ठित विशेषज्ञ अस्पतालसँग सहकार्य गरे गाउँमा नै स्वास्थ्य शिविरमार्फत कार्यक्रम सञ्चालन गर्ने गरिएको प्रमुख शाहीले जानकारी दिनुभयो ।

    गत कात्तिक २६ र २७ गते रास्कोट नगरपालिकाका विभिन्न गाउँमा मोतियाविन्दु तथा आँखा उपचार सेवाको शिविर सञ्चालन गरिएको थियो । शिविरमा एक सय ५२ जनाको मोतियाविन्दु तथा आँखाको शल्यक्रिया गरिएको प्रमुख शाहीले बताउनुभयो । नगरपालिकामा आयोजनामा तेजको हिल एन्ड रुइट फाउन्डेसन आँखा अस्पताल सुर्खेतको आर्थिक सहयोगमा मोतिविन्दु तथा आँखाको निःशुल्क शल्यक्रिया गरिएको थियो ।

    दुवै आँखा दुई वर्षदेखि देख्न छाडेको र अहिले गाउँमा नै शल्यक्रिया गरेर दुवै आँखा देख्न पाउँदा रास्कोट नगरपालिका–२ का ६७ वर्षीय अमनाथ सिम्खाडा निकै खुसी हुनुभयो । “मेरो दुवै आँखा देख्न नपाएको दुई वर्ष भयो । उपचारका लागि बाहिर जान सक्ने अवस्था थिएन”, उहाँले भन्नुभयो, “दुई वर्षपछि यो संसार देख्न पाउँदा निकै खुसी भएको छु ।”

    स्थानीयवासीले स्वास्थ्य परीक्षणका साथै उपचार पाएपछि नागरिकहरु गाउँमा नै सिंहदरबार आएको अनुभूति भएको वडा नं ९ का नानकली तिरुवाले बताउनुभयो । “बल्ल गाउँमा सिंहदरबार आएको अनुभूति छ”, उहाँले भन्नुभयो, “हामी गाउँका मान्छे बाहिर उपचार गर्न जान पनि डराउँछौँ ।” मेयर–हेल्थ केयर कार्यक्रम नगरपालिका सबै वडामा प्रत्येक महिनामा सञ्चालन गरिने नगरपालिका निमिक्त प्रमुख प्रशासकीय अधिकृत जवानसिंह बमले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “शत्प्रतिशत नागरिकलाई स्वास्थ्यको पहुँच पु¥याउने लक्ष्य राखेका छौँ ।”

    तिलागुफा नगरपालिकाले नगरको स्वास्थ्य सेवा सुदृढीकरणका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र तिलागुफा नगरपालिकाबीच विशेषज्ञ सेवा सञ्चालन गर्नका लागि सम्झौता गरेको छ । प्रतिष्ठानसँगको सहकार्यमा तिलागुफा नगरपालिका–४ को राँचुलीमा रहेको नगर अस्पतालमा नियमित विशेषज्ञ सेवा सुरु भएको र नियमित रुपमा स्वास्थ्य सेवा पाउने गरेको नगर उपप्रमुख महेन्द्रबहादुर शाहीले जानकारी दिनुभयो । “नगरवासीले उपचारका लागि टाढा नगई घर नजिकै उपचार पाउने सुनिश्चित गरिएको छ”, उहाँले भन्नुभयो, “हामीले नगरमा नै स्वास्थ्यको विशेषज्ञ सेवा नगरपालिकामा नै उपलब्ध गराउने गरेका छौँ ।”

    कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थापनाको उद्देश्य तथा सातौँ सभाले निर्णय गरी निर्देशन गरेअनुसार कर्णाली प्रदेशका सबै जिल्लामा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनका लागि स्थानीय तह तथा सरकारी स्वास्थ्य संस्थासँग सहकार्य गर्ने र प्राविधिक सहयोग गर्ने उद्देश्यअनुरुप नै प्रतिष्ठान र तिलागुफा नगरपालिकाबीच सम्झौता भएको प्रतिष्ठानका रजिष्ट्रार नृपेन्द्र महतले जानकारी दिनुभयो । “नगरपालिकाको स्वास्थ्य संस्थामा गुणस्तरीय स्वास्थ्य सेवा सञ्चालनका लागि आवश्यक विशेषज्ञ चिकित्सक खटाउने गरेका छौँ”, उहाँले भन्नुभयो, “प्रतिष्ठानले विशेषज्ञ सेवाका लागि महिनामा कम्तीमा एक पटक विशेषज्ञ चिकित्सकद्वारा शिविर सञ्चालन हुनेछ ।”

    नगरपालिका स्वास्थ्य संस्थाबाट उपलब्ध हुने गुणस्तर सेवा विस्तार सुधार गर्दै नगर अस्पताल राँचुली स्वास्थ्य संस्थाबाट नियमित विशेषज्ञ सेवा सञ्चालन भएको नगर उपप्रमुख शाहीले जानकारी दिनुभयो । “प्रतिष्ठानले गुणस्तरीय छिटो र छरितो स्वास्थ्य सेवाका लागि टेलि–मेडिसिन सेवा सञ्चालन गरेका छौँ”, उहाँले भन्नुभयो, “नगरपालिका स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीहरुको क्षमता अभिवृद्धि गर्ने लक्ष्य राखिएको छ ।”

    यता तिलागुफा नगरपालिकाले नगरवासीको स्वास्थ्य बीमा गर्दा ५० प्रतिशत छुट दिने गरेको छ । नगरपालिकाको पहिलो निर्णयमा नै नगरवासीको स्वास्थ्य बीमा गर्दा लाग्ने रकमको ५० प्रतिशत छुट दिने र बिरामीलाई अन्यन्त्र उपचारका लागि लैजानु परेमा निःशुल्क एम्बुलेन्स सेवा दिने रहेको छ ।

    नगरपालिकाभित्रका गर्भवती तथा सुकेरी र ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य परीक्षणका साथै निःशुल्क एम्बुलेन्स सेवा दिने निर्णय गरिएको नगरपालिकाका प्रमुख शङ्करप्रसाद उपाध्यायले जानकारी दिनुभयो । “स्थानीय सरकारको अनुभूति गराउनका लागि हामीले स्वास्थ्य बीमामा छुट, निःशुल्क एम्बुलेन्स सेवा र गाउँमा नै स्वास्थ्यको विशेषज्ञ सेवा सञ्चालन गर्ने गरेका छौँ”, उहाँले भन्नुभयो, “नागरिकको स्वास्थ्यभन्दा अरू कुनै ठूलो हैन भन्ने हाम्रो लक्ष्य रहेको छ ।”

    हामीले गाउँगाउँमा गएर स्वास्थ्य शिविर तथा गाउँमा नै उपचार सेवा दिन थालेको नगर अस्पताल राँचुलीका प्रमुख डा टङ्क आचार्यले जानकारी दिनुभयो । “नगरपालिकामा नै हामीले सक्ने जति विशेषज्ञ सेवा दिने गरेका छौँ”, उहाँले भन्नुभयो, “जटिल प्रकारका बिरामीको मात्रै अन्यन्त्र उपचारका लागि पठाउने गरिएको छ ।”

    हालसम्म नगर अस्पतालबाट गर्भवती, दन्त, हाडजोर्नी, छाला, दमलगायतका अन्य बिरामीको उपचार गर्ने गरिएको चालु आवमा दुई हजार एक सयजनाले उपचार लिएको डा आचार्यले बताउनुभयो । “यहाँ सबै प्रकारका सेवा दिने गरेका छौँ । जनशक्ति कम भएका कारणले अलि समस्या रहेको छ”, उहाँले भन्नुभयो, “अन्यन्तै जटिल प्रकारको उपचार पहिलो चरणमा गाउँमा नै गर्न सकिन्छ भन्ने सन्देश हामीले दिएका छौँ ।”

    नागरिकलाई स्वास्थ्य सेवाको पहुँच वृद्धि गर्नका लागि नगर अस्पताल राँचुलीबाट ल्याब सेवा सञ्चालन गरिएको नगरपालिकाका ल्याब असिस्टेन्ट विमल बुढाले बताउनुभयो । “हामीले ल्याब सेवा सञ्चालन गरेका छौँ । सङ्क्रात्मक रोग, गर्भवतीको जाँच, सरुवा रोग, मलेरिया, क्षयरोग, मिर्गौला, रगत जाँचलगायतका विभिन्न प्रकार ल्याबको जाँच गर्ने गरेका छौँ”, उहाँले भन्नुभयो, “दुर्गममा रहेका अस्पतालबाट नागरिकले राम्रो सेवा पाऊन् भन्ने हाम्रो लक्ष्य रहेको छ ।” रासस

    शनिबार, मङि्सर ०३, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
    महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी
    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
    अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ४.
      लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो:

    • ५.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    • ६.
      मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.