चितवन, ८ मंसिर ।
चितवन क्षेत्र नं २ मा भारी मतका साथ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने निर्वाचित भएका छन् । लामिछानेले ४९ हजार दुई सय ६१ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी लोकतान्त्रिक वाम गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका केन्द्रीय सदस्य उमेश श्रेष्ठले १५ हजार ९९ मत प्राप्त गरेका छन् ।
नेकपा एमालेका कृष्णभक्त पोखरेल १४ हजार ६ सय ४९ मतसहित तेस्रो स्थानमा छन् । पोखरेल यसअघि दुई पटकसम्म यसै क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।
यस क्षेत्रमा ६७ दशमलव ३ प्रतिशत अर्थात् ८४ हजार तीन सय १५ मत खसेको थियो ।




