काठमाडौँ, ३० पुस ।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच शनिबार भेटवार्ता भएको छ । नेता नेपाललाई भेट्न पौडेल एकीकृत समाजवादीको पार्टी कार्यालय आलोकनगर पुगेका हुन् ।
दुईनेताबीच करिब आघा घण्टा कुराकानी भएको अध्यक्ष नेपालको सचिवालयले जनाएको छ । कांग्रेस नेताहरूले राष्ट्रपति चुनावलाई लक्षित गर्दै राजनीतिक भेटघाट बढाएका छन् । राष्ट्रपति चुनावलाई लक्षित गरेर प्रधामन्त्रीमा प्रचण्डलाई विश्वासको मत दिएको पनि नेताहरूले खुलाएका छन् ।
एकीकृत समाजवादीसँग पनि प्रतिनिधिसभाको सभामुख र राष्ट्रपति निर्वाचनको विषयमा नेता पौडेलले छलफल गरेको हुनसक्ने नेताहरूले बताए ।




