• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
सोमबार, असोज १९, २०८३
☰
सोमबार, असोज १९, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ४. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ५. अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

  • ६. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

  • ७. संघीय संसद्को बैठक बस्दै

  • ८. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

  • ९. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

  • १०. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

बँदेल र बाँदरको दुःखले किसान आँप खेतीतर्फ


  •   बिहिबार, चैत ०२, २०७९ मा प्रकाशित
  • धनकुटा २ चैत 
    जङ्गली बँदेल र बाँदरले अन्नबाली खान थालेपछि धनकुटा नगरपालिका–९ छिम्सुवाबेँसीका किसान आँप खेतीमा लागेका छन् । डेढ दशकभन्दा अघिदेखि बँदेल र बाँदरको ज्यादतीबाट बच्न यहाँ ३५ परिवारले आँप खेती गर्न थालेका हुन् ।

    Advertisement

    अहिले छिम्सुवावासी अन्नबाली लगाउँदा बाली जोगाउन पर्ने तनावबाट मात्र मुक्त भएका छैन उनीहरुले आँप खेतीबाट मनग्य आम्दानीसमेत लिन थालेका छन् । तमोर नदी किनारसँगै पहाडको फेदीमा रहेको यस गाउँमा पहिला दिनमा बाँदर र रातमा बँदेल रुँघेर बस्नुपर्ने बाध्यता थियो तर आँप खेती लगाएपछि चौबिसै घण्टा बाँदर र बँदेल रुँघ्नुपर्ने बाध्यताको अन्त्य भएको बताउनुहुन्छ स्थानीइ ६४ वर्षिय डेढराज दाहाल ।

    “पहिले अरु बाली लगाउँदा दिउँसो बाँदर र राति बँदेल रुँघ्नुपथ्र्यो”, उहाँले भन्नुभयो, “तर आँप लगाएपछि अहिले दिनमा बाँदर रुँघे पुग्छ ।” बाह्र वर्षअघिदेखि १९ रोपनीमा आँप लगाएका दाहालले अहिले वार्षिक रु तीन लाखसम्मको आँप बेच्ने गरेको बताउनुभयो । तथापि असिनापानीजस्ता प्राकृतिक प्रकोपका कारण आँप खेतीमा पनि जोखिम कायम नै रहेको दाहालको भनाइ छ ।

    त्यस्तै २५ रोपनीमा आँप खेती गरिरहनुभएकी सोही गाउँकी ५५ वर्षीया उषादेवी विष्टले बँदेल र बाँदरले केही खानै नदिएपछि सबै जमिनमा आँप लगाएको सुनाउनुभयो । विसं २०५३ देखि आँप रोप्न सुरु गरेर अहिले बगैँचा बनाउनुभएकी विष्टले त्यो बेला सम्झँदै भन्नुभयो, “भर्खरै बिहे गरेर आउकी थिएँ, राति बारीको मकैमा बँदेल छिरेछ, बिहान हेर्दा सिरानबाट तलैसम्म लिपेको थियो ।” त्यो बेलादेखि सारा संसार गुहार लगाउँदा पनि यसको समाधान नभएपछि सबै गाउँले आँप खेतीतर्फ लागेको उहाँले जानकारी दिनुभयो ।

    बस्नेतले जस्तै विष्टले पनि वार्षिक रु तीन लाखसम्मको आँप बेच्ने गरेको सुनाउनुभयो । बँदेलले रुख चढेर आँप नखाए पनि भुइँमा भरेको आँप खाएर हैरान पारेको उहाँको गुनासो छ । घरायसी सबै गर्जो र आराम बिरामी हुँदासमेत आँपको बगैँचा देखाएर ऋणपान गर्नुपर्ने हुँदा आँप नफलेको वर्ष भने ज्यादै समस्या हुने गुनासो उहाँले सुनाउनुभयो ।

    जङ्गलको नजिक जमिन भएकाले वैकल्पिक खेतीका रुपमा आँप बगैँचा लगाउन थालेपछि अरुको जमिनमा ओस पर्ने भएकाले सबैले आँप लगाएका कारण हाल गाउँ नै बगैँचामा परिणत भएको उहाँको भनाइ छ । यस्तै १५ वर्षअघिदेखि १७ रोपनीमा आँप लगाउनुभएकी सोही गाउँकी पार्वती भण्डारी बँदेल आतङ्क सधैँ झेल्नुपरेको बताउनुहुन्छ । “अहिले पनि बँदेलको बिगबिगी उस्तै छ ।” भण्डारीले गुनासो गर्दै भन्नुभयो । “भुइँमा झरेको आँप त एउटा पनि खान पाइँदैन ।”

    वार्षिक रु एक लाखसम्म आँप बेच्ने गरेका भण्डारीले आँपबाट मात्र जीवनयापन गर्न कठिन भएकाले श्रीमान् वैदेशिक रोजगार र आफू बाख्रापालनमा लागेको बताउनुभयो । आँप पाक्ने सिजनमा सो क्षेत्रबाट एक किमि पूर्वकोसी राजमार्गको धरान–धनकुटा सडकखण्डस्थित मुलघाटसम्म निस्कने अक्करको बाटो अक्सर बिग्रने हुँदा कुनै वर्ष धरै आँप कुहिएर बेच्न नपाइने उहाँले दुखेसो गनुभयो ।

    आफ्ना उत्पादन बजारसम्म पु¥याउन किसानसँग स्रोतसाधन र पहुँच नभएकाले यहाँ उत्पादित आँप बिचौलियालाई सस्तोमा बेच्न परेको उहाँको अनुभव छ । यो क्षेत्र जिल्लाकै आँप पकेट क्षेत्र हो । सहिदभूमी गाउँपालिका धनकुटासँग जोडिएको तमोर नदी किनारमा अवस्थित यस क्षेत्रको अन्य सिम्सुवा, गोपालपुर, पोखरेलगायतका गाउँमा आँप खेती विस्तारको क्रममा रहेको छ । जिल्लामा ५४ हेक्टरमा आँप खेती हुने कृषि ज्ञान केन्द्र धनकुटाको तथ्याङ्कमा उल्लेख छ । गत वर्ष जिल्लामा एक सय ६० मेट्रिक टन आँप उत्पादन भएको कार्यालयले जनाएको छ ।

    बिहिबार, चैत ०२, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
    अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)
    सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ४.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    • ५.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४

    • ६.
      राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.