काठमाडौं २४ चैत
सरकारले कोशी प्रदेशको नामाकरणको विरोधको क्रममा घाइते भई मृत्यु भएका पदम लिम्बुलाई सहिद घोषणा गर्ने निर्णय गरेको छ् ।शुक्रबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले लिम्बूलाई शहीद घोषणा गर्दै परिवारलाई राज्यबाट सहयोग गर्ने निर्णय गरेको पर्यटनमन्त्री सुदन किराँतीले जानकारी दिएका छन् ।
चैत ५ गते पहिचानवादीको आन्दोलनको क्रममा घाइते भएका धरानका पदमको उपचारको क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको थियो ।उक्त घटनाबारे छानबिन गर्न सरकारले समिति बनाएको थियो । कोशी सरकारले यसअघि लिम्बूको परिवारलाई ३ लाख राहतस्वरूप उपलब्ध गराउने निर्णय गरेको थियो ।




