• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
आइतबार, असोज १८, २०८३
☰
आइतबार, असोज १८, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ४. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ५. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ६. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

  • ७. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

  • ८. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

  • ९. कान्ति राजमार्ग पुनः दुईतर्फी सञ्चालन

  • १०. भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५४ जनाको शव फेला

चलचित्र समीक्षा जारी : अव्यक्त प्रेमको मिठास


  •   बिहिबार, बैशाख १४, २०८० मा प्रकाशित
  • काठमाडौँ १४ वैशाख

    Advertisement

    प्रदर्शनरत चलचित्र ‘जारी’ ले दर्शकको राम्रो साथ पाएको छ । उपेन्द्र सुब्बाको लेखन तथा निर्देशन रहेको चलचित्र नयाँ वर्षको छेको पारेर यही वैशाख १ गते रिलिज भएको हो । वितरकका अनुसार यसले पहिलो सातामा सात करोड बढीको व्यापार गरेको छ । कवि उपेन्द्र सुब्बाले पटकथाकार हुँदै यसै चलचित्रमार्फत निर्देशनमा पाइला टेक्नुभएको छ ।

    चलचित्रमा दयाहाङ राई र मिरुना मगर मुख्य भूमिकामा छन् । ‘जारी’का निर्माता रामबाबु गुरुङ हुन् । लिम्बू संस्कृतिलाई आम दर्शकले बुझ्ने गरी प्रस्तुत गरिएको चलचित्रमा पालम, युप्पारुङ, धान नाच, जाँड संस्कृतिलाई पटकथामा उनेर जारी प्रथाले पतिपत्नीबीचको सम्बन्धमा ल्याइदिने आरोहअवरोहलाई प्रस्तुत गरिएको छ ।

    चलचित्र पति नाम्साङ (दयाहाङ राई) र पत्नी हाङ्मा (मिरुना मगर) मै केन्द्रित छ । विसं २०५२ को परिवेशमा तयार पारिएको चलचित्र तत्कालीन समयको संस्कृति, भाषा र पहिरनको दस्तावेज बनेको छ । चलचित्र नाम्साङ र हाङ्माको झगडाको दृश्यबाट सुरू हुन्छ । बिहेको पाँच वर्ष बितिसक्दा निःसन्तान दम्पती हुनु नै उनीहरू बीच हुने कलहका कारण हो ।

    सन्तान नहुनुको कारक आफू बन्नु परेपछि हाङ्मा खुसी छैनन् । किनकी दोष उनले मात्र खेप्नुपरेको छ । त्यहीँ सिलसिलामा आफ्नो श्रीमान्लाई एकपटक ‘नामर्द’ भनेपछि झगडा उत्कर्षमा पुग्छ । हाङ्माले युप्पारुङ फालेर घर छोडेर माइत जान्छिन् । नाम्साङले हाङ््मालाई फर्काउन छरितोपन देखाउँदैनन् । त्यही क्रममा पालममा जितेर अर्कैले हाङ््मालाई पत्नी बनाउँछ ।

    हाङ्माको परिवारले जारी तिर्न नसकेपछि पूर्वपतिको घरमा गोठाला बन्न पुग्छिन् । पूर्वपत्नीलाई जारी तिर्न ल्याएपछि नाम्साङलाई प्रश्नसमेत तेर्सिन्छ । बेहुली बनेर स–सम्मान भित्रिएको घरमा हाङ्मा पस्न पाउदिनन् । उनी गोठमै बस्छिन् र आफ्नो काम गर्छिन् । त्यही क्रममा नाम्साङलाई अर्को विवाहका लागि उनका बुबा सुब्बाले कर गर्छन् । केटी खोज्न केही गाउँमा नाम्साङसँगै उनका साथीहरू पनि पुग्छन् । तर श्रीमती छाडेको भनेपछि सहज हुँदैन । पालम गाउँन नआउने नाम्साङले मेलाबाट पनि जोडी पाउदैनन् । त्यस दौरान नाम्साङको आमा बिरामी हुन्छिन् । उनको स्याहारसँगै घरेलु काममा व्यस्त हाङ्मालाई आफ्नै घर फर्काउने प्रयास उनका भाइले गरिरहेका हुन्छन् ।

    जारी तिर्ने रकम नहुँदा घर फर्काउन सम्भव हुँदैन । एकदिन नाम्साङको आमाको देहान्त हुन्छ । एक वर्षलाई शुभकार्य रोकिन्छ । त्यसपछि बुढासुब्बा र नाम्साङको सहारा बन्छिन् हाङ्मा । के नाम्साङले दोस्रो विवाह गर्छन् ? जारी तिरेर हाङ्मा आफ्नै घर फर्किन्छिन् ? हाङ्मालाई पालममा जितेका श्रीमान्ले के गर्छन् ? यी यस्तै जिज्ञासा मेट्न चलचित्र भवन नै पुग्नुपर्छ । यसको मीठो जवाफ निर्देशक सुब्बाले चलचित्रमा दिएका छन् ।

    निर्देशक सुब्बाले लेखनकै क्रममा आफ्नो संस्कृतिलाई सरल ढङ्गले कोरेका छन् । व्यावसायिक बनाउन अनावश्यक मसलाको प्रयोग गरिएको छैन । अर्थात् विशुद्ध अर्गानिक छ ‘जारी’ । कथामा मौलिकता छ । चलचित्रको पहिलो दृश्यमै पटकथाकारसमेत रहेका निर्देशक सुब्बाले द्वन्द्व स्थापित गर्न सफल हुनुभएको छ । त्यसलाई अगाडि बढाउन उहाँले फाल्तु दृश्यलाई जोड्नु भएको छैन । कथा सुरुदेखि नै द्रुत गतिमा अगाडि बढेको छ । नाम्साङ खराब होइनन् तर उनको रिस सही छैन । हाङ््मा पनि उस्तै छिन् । निर्देशक सुब्बाले दुईबीचको अव्यक्त प्रेमलाई दृश्यमार्फत स्थापित गरेका छन् ।

    पहिलो दृश्यपछि दुवै बोल्दैनन् । तर उनीहरू बीचको प्रेमलाई दर्शकले पर्दा बाहिर पनि महसुस गर्छन् । उनीहरूको अनुहारमा झल्किने प्रेम लुक्दैन । तर व्यक्त पनि हुँदैन । उनीहरू बीच संवाद कसरी होला ? भन्ने दर्शकको जिज्ञासा सरलरूपमै निर्देशकले मेटाएका छन् । यो उनको सरलतासँगै दृश्य भाषाको ज्ञानका कारण सम्भव भएको हो । यस्ता थुप्रै दृश्य छन्, ती दृश्यले सोझै दर्शकसँग संवाद गर्छन् ।

    पर्दामा देखिने पात्रको सुख र दुःखसँगै दर्शकलाई यात्रा गराउन सक्नु नै निर्देशकीय सशक्ता हो । निर्देशक सुब्बाले लेख्नका क्रममा ठूला संवादको प्रयोग नगरेर नै लिम्बू लबज र मिठास भर्न सफल हुनुभएको छ । चलचित्र हेरिरहँदा देखिने दृश्य र प्रयोग हुने ध्वनिले आनन्द दिन्छ । गीतले कथालाई अगाडि बढाउँछ । त्यो मनोरञ्जनका लागि मात्र रखिएको छैन । कथालाई लयमा बगाउन झुमा लिम्बू र गङ्गा थापाको स त तारिफ गर्न लायक छ ।

    कलाकारको अभिनय यो फिल्मको अर्को अब्बल पक्ष हो । अभिनेता राईले नाम्साङ पात्रलाई जीवन्त बनाउनु भएको छ । पहिलो दृश्यमा उहाँले देखिएको रिस धेरै समयसम्म कायम रहन्छ । यस्तै अभिनेत्री मगर चलचित्रमा शालीन देखिएकी छिन् । उनले प्रतिकार गर्दिनन् तर उनको सहनशीलताले दर्शकको मन चसक्क बनाउँछ । अभिनेता विजय बरालले मङ्गल सिंहको पात्रमार्फत बाहुन र लिम्बू दम्पतीबाट जन्मिएको सन्तानको सामाजिक परिवेश झल्काउन सफल हुनुभएको छ । काव्यिक चलचित्रको सङ्ज्ञा पाएको ‘जारी’ मा जनजाति महिलाको विद्रोहको फरक आयाम पस्कने प्रयास गरिएको छ ।

    नेपाल जातजाति, भाषा, संस्कार–संस्कृति र सामाजिक परिवेशका लागि धनी छ भन्ने यथार्थलाई चलचित्रमार्फत प्रस्तुत गरिएको छ । निर्देशक सुब्बाले लिम्बू जातिको संस्कार–संस्कृतिलाई समयसँगै सकुशल वर्तमान युगमा अवतरण गराउन सफल हुनुभएको छ । यद्यपी कमीकमजोरी नै नभएको चलचित्र भने होइन् । विविध कमजोरीका बाबजुद यो राम्रो पक्ष धेरै भएको चलचित्र हो । विशेषत पहिलो हाफमा यसलाई छोट्याउने ठाउँ छ । तर निर्देशक सुब्बाले त्यसमा जाँगर चलाएका छैनन् । कथामा नाम्साङ र हाङ्माको परिवारलाई देखाउँदा उनीहरूसँगै जोडिने समाज र समयकाललाई दृश्यमार्फत स्थापित गर्न निर्देशक सुब्बा चुक्नुभएको छ ।

    यद्यपि, यो चलचित्रले कलात्मक र व्यावसायिक दुवै मनपराउने दर्शकलाई चलचित्र भवनसम्म ल्याउने ल्याकत देखाइसकेको छ । मसालेदार र कलात्मक भनेर विभाजित हुने दर्शक चलचित्र हेर्नसँगै देखिएका छन् । यो निर्माता, निर्देशक र कलाकारको ठूलो सफलता हो । कालोपोथी, सेतो सूर्य र ऐना झ्यालको पुतलीले प्रदर्शनका लागि गर्नुपरेको सङ्घर्ष ‘जारी’ ले सोच्नै परे । यसले कलात्मक चलचित्रको व्यावसायिक पक्षको सबलतालाई समेत प्रमणित गरेको छ । यो चलचित्रको महत्व वर्तमान समयभन्दा पनि भविष्यमा धेरै हुनेछ ।

    ‘कबड्डी’ शृङ्खलाका निर्देशक रामबाबु गुरुङ निर्माता रहनुभएको यस चलचित्रमा अभिनेता राईसँगै अभिनेत्री मिरुना मगर, प्रेम सुब्बा, विजय बराल, कमलमणि नेपाल, रोयदीप श्रेष्ठ, रेखा लिम्बू, अनिल सुब्बा, पुष्कर गुरुङ, उपासना नेम्वाङलगायतका कलाकाकरको अभिनय रहेको छ । कार्यकारी निर्माता मणिराम पोखरेल रहनुभएको चलचित्रलाई स्टेसन फाइभले वितरण गरेको हो ।

    बिहिबार, बैशाख १४, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
    अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)
    सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ४.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    • ५.
      लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो:

    • ६.
      राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.