काठमाडौं ३१ वैशाख
तीन ठूला दलको बैठक बालुवाटारमा जारी छ। तीन ठूला दलका नेता र प्रमुख सचेतकहरू बालुवाटारमा छलफलमा जुटेका हुन्।
बैठकमा प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायत छन्।
छलफल संसद्को प्रभावकारिता, आर्थिक वर्ष २०८०र०८१ को नीति तथा कार्यक्रममा केन्द्रित रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।




