काठमाडौं ३ जेठ
नागरिक उन्मुक्ति पार्टीले सर्वोच्च अदालतको फैसलाविरुद्ध नेपाल बन्दको घोषणा गरेको छ। बुधबार एक विज्ञप्ति जारी गर्दै जेठ ६ देखि १० गतेसम्म नेपाल बन्दको घोषणा गरेको हो।
पार्टीका वरिष्ठ उपाध्यक्ष दामोदर पण्डितको हस्ताक्षर गरिएको विज्ञप्तिमा जेठ ३ देखि ५ सम्म देशभर कोणसभा र विरोध प्रदर्शन गर्ने जनाइएको छ।
टीकापुर घटनामा रेशम चौधरीलाई जन्मकैदको सजाय हुने गरी कैलाली जिल्ला अदालत र उच्च अदालत दिपायलले गरेको फैसला सर्वोच्च अदालतले सदर गरेको हो। मंगलबार न्यायाधीश आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासले जन्मकैद सजाय सदर गरेपछि नागरिक उन्मु्क्ति पार्टीका संरक्षक समेत रहेका चौधरी जेलमुक्त नभएका हुन्।





