काठमाडौँ ७ जेठ
संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक सुरू भएकाे छ। संसद् सचिवालयका अनुसार बिहान ११ बजेबाट बैठक सुरू भएकाे हाे।
आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।
साथै, बार्षिक नीति तथा कार्यक्रममाथी माननीय सदस्यहरुबाट प्राप्त संशाेधन प्रस्तुत हुने र सम्बोधनमाथि छलफल गरिने महासचिव भरतराज गौतमले सार्बजनिक गरेको सम्भावित कार्यसुचीमा उल्लेख छ।
यसैबीच प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले आजको बैठकलाई सम्बोधन गर्ने कार्यक्रम छ ।




