काठमाडौँ १२ असार
१४औँ संस्करणको साफ च्याम्पियनसिप फुटबलमा समूह चरणको अन्तिम खेलमा नेपालले आज पाकिस्तानसँग खेल्दैछ । खेल भारतको बेङ्ग्लोरमा दिउँसो पौने ४ बजे सुरु हुनेछ । नेपाल र पाकिस्तान प्रतियोगिताबाट बाहिरिसकेका छन् ।
समूह ‘ए’ मा रहेका नेपाल र पाकिस्तान समान २ खेलमा अङ्कविहीन छन् । साविक उपविजेता नेपाल पहिलो खेलमा कुवेतसँग र दोस्रो खेलमा भारतसँग पराजित भएको थियो । त्यस्तै, पाकिस्तान पनि भारत र कुवेतसँग पराजित भएको थियो ।प्रतियोगिताको पहिलो खेलमा नेपाललाई कुवेतले ४–१ ले हराएको थियो भने दोस्रो खेलमा भारतले २–० ले पराजित गरेको थियो ।
मंगलबारै हुने दोस्रो खेलमा आयोजक भारतले कुवेतको सामना गर्नेछ ।




