तनहुँ २८ असार
तनहुँमा हुने राष्ट्रिय फुटबल प्रतियोगिताको द्धितिय पुरस्कार भानु नगरपालिका निवासी समाजसेवी पुरुषोत्तम खनालले सहयोग गर्नुभएको छ । भानु नगरपालिका १ भन्सार रंगशालामा असार २९ गतेबाट सञ्चालन हुने प्रतियोगिताको द्धितिय पुरस्कार राशी एक लाख १२ हजार २ सय १० रुपैया नेपाली काग्रेंसका महासमिति सदस्य भानु नगरपालिका–६ निवासी समाजसेवी पुरुषोत्तम खनालले सहयोग गर्नुभएको हो ।
खनालले उक्त पुरस्कार शाशि आयोजकलाई उपलब्ध गराउनुभएको भन्सार युवा परिवारका सदस्य सन्दिप श्रेष्ठले बताउनुभयो । २१० औं भानु जयन्तीको अवसरमा आयोजित १६ औं राष्ट्रिय ९ ए साइड खुल्ला नकआउट फुटबल प्रतियोगिताको विजेताले दुई लाख २५ हजार २ सय १० रुपैया प्राप्त गर्ने आयोजकले बताएको छ ।
भन्सार युवा परिवार,भिमसेन युवा क्लब र साल्बिस्ने युवा क्लबले संयुक्त रुपमा आयोजना गरेको प्रतियोगिताको असार २९ गतेदेखी साउन ६ गतेसम्म सञ्चालन हुृने भन्सार युवा परिवारका सदस्य सन्दिप श्रेष्ठले बताउनुभयो । श्रेष्ठका अनुसार काठमाण्डौंस्थित थानकोटको वी आर ब्रादर्स टिमले सबैभन्दा पहिलो प्रतियोगिको रुपमा टिम दर्ता गरेको छ । भानुकप फुटबल प्रतियोगिता सफल बनाउन टोली लागिपरेको जनाइएको छ ।




