दमौली २१,साउन नेपाली कांग्रेस तनहुँका पुर्व कोषाध्यक्ष एबं युवा नेता रेशम गुरूङले कांग्रेस अब रूपान्तरणको अभियानमा रहेको बताएका छन् ।
उनले जनताको न्याय र गाउॅमा सन्तुलित बिकासको लागी पार्टी प्रतिबद्द रहेको बताए ।आज बन्दिपुर (४ को वडा भेलालाई सम्बोधन गर्दै गुरूङ्गले जनअपेक्षा अनुरूप काम आँफुहरूले गरेको तर प्रचार गर्न नसकेको स्विकारेका छन् । नेता गुरूङले तनहुँ जिल्ला प्रजातन्त्र र देश परिवर्तनको बिगुल फुक्ने जिल्ला भएको र तनहॅुले देशको निति निर्माणमा समेत महत्वपुर्ण भुमिका खेलेको उल्लेख गरे । तनहुँमा राज नेता र देश चलाउने ठुला बिद्दान भएर देशले लाभ लिए पनि जिल्ला पछि परेको उनको भनाई थियो । अहिले कांग्रेसले देशब्यापी केन्द्रिय नेता खटाएर समुन्नती अभियान चलाएको छ ।
जनताको पार्टी कांग्रेस हो युवा नेता -गुरूङ
जनताको पार्टी कांग्रेस हो युवा नेता -गुरूङ
तपाईको प्रतिक्रिया




