• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
आइतबार, असोज १८, २०८३
☰
आइतबार, असोज १८, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ४. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ५. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ६. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

  • ७. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

  • ८. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

  • ९. भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५४ जनाको शव फेला

  • १०. अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

राजनीतिमा युवापुस्ताका पक्षपाती गिरि


  •   सोमबार, भदौ ०४, २०८० मा प्रकाशित
  • रामहरि खतिवडा

    Advertisement

    नेपाली राजनीतिमा निष्ठा, आदर्श र बौद्धिक व्यक्तिका रुपमा आफ्नो विशिष्ट छवि बनाउनुभएका प्रदीप गिरि राष्ट्रियरुपमा मात्र नभई अन्तर्राष्ट्रियरुपमा पनि चर्चित हुनुहुन्छ । स्वास्थ्य समस्याका कारण लामो समय अस्पतालमा उपचाररत उहाँको गत वर्ष आजकै दिन निधन भएको थियो । अहिलेको जटिल राजनीतिक परिस्थितिमा गिरिको अनुपस्थिति सबैलाई खट्किएको छ । उहाँको निधनले नेपाली समाजले प्रजातान्त्रिक समाजवादको कसीमा नेपाली अर्थतन्त्रलाई डो¥याउनका लागि गरिने खबरदारी गर्ने व्यक्तिको अभाव भएको छ । उहाँमा रहेको बौद्धिकता, स्पष्टता, सादगीपनको स्मरण भइरहेको छ ।

    बौद्धिकताको हिसाबले मात्र नभई उहाँको विभिन्न भाषामा उत्तिकै दख्खलता थियो । नेपाली, अङ्ग्रेजी, हिन्दी र संस्कृत चारवटै भाषामा राम्रो ज्ञान थियो । यी चारवटै भाषामा उत्तिकै रुपमा राम्रोसँग लोमो समयसम्म पनि बहस गर्न सक्ने उहाँको अचम्मको क्षमता थियो । उहाँसँग २०४२ सालमा मेरो पहिलो भेट कुपण्डोलस्थित कृष्णप्रसाद भट्टराईको निवासमा भएको थियो । किसुनजीसँगै रहेको मलाई औंल्याउँदै उहाँले सोध्नुभयो, तिम्रो घर कहाँ हो ? मैले ओखलढुङ्गा भएको बताएँ । उहाँले ओखलढुङ्गाका बलबहादुर राईलगायत थुप्रै नेताहरुको नाम भन्नुभयो । नेपालको प्रजातान्त्रिक आन्दोलनमा ओखलढुङ्गाको योगदानको चर्चा गर्नुहुँदा मलाई गर्वले छाती फुलेजस्तो भयो । त्यसपछि उहाँसँग म नजिक हुन थालेँ ।

    प्रष्ट वक्ता र सरल शब्दचयन उहाँका विशेषता थिए । बिपी, गणेशमान सिंह र किसुनजीसँग नजिक रहेर उहाँले काम गर्नुभएको थियो । चित्त नबुझेका कुरामा उहाँले बिपी–गणेशमानसँग पनि फरक मत राख्ने गर्नुहुन्थ्यो । उहाँको जीवनको लामो समय राजनीतिमै बित्यो । यद्यपि राजनीति भने उहाँको तेस्रो प्राथमिकतामा थियो । उहाँको पहिलो प्राथमिकता साहित्य हो भने दोस्रो प्राथमिकता अध्यात्म हो । उहाँलाई राजनीतिलाई किन प्राथमिकतामा राख्नुहुन्न भन्ने जिज्ञाशामा आफू राजनीतिबाट ‘डिष्ट्रव’ हुन नचाहेको भन्नुहुन्थ्यो । उहाँले राजनीति, समाजवादको चिन्तन र सोहीअनुसारको व्यवहारले समकालीन नेपाली नेताहरूमध्ये पृथक छवि बनाउनुभयो ।

    उच्चस्तरको बौद्धिक नेता भएर पनि उहाँमा अचम्मको सादगीपन थियो । सामान्य किसिमको खानपिन रुचाउनु हुने उहाँ प्रायः सादा खाना, दही, दुई÷तीन वटा रोटी र समयअनुसारको तरकारी खानुहुन्थ्यो । कम मात्रामा मदिरापान गर्ने उहाँमा लुकाएर खाने बानी थिएन । मैले उहाँले धुम्रपान गरेको देखिन । २०६०÷६१ सालतिरदेखि नै उहाँले खाने कुरामा पथपरेजमा बस्ने गर्नुभएको थियो । सादा जीवन उच्च विचारको आदर्शबाट निर्देशित हुनुहुन्थ्यो । उहाँमा लपनछपन केही थिएन । स्पष्ट वक्ता हुनुहुन्थ्यो ।

    उहाँ आफू मात्रै अध्ययन गर्ने होइन, अरुलाई पनि अध्ययनमा प्रेरित गरिरहनुहुन्थ्यो । भेट भएका युवालाई पञ्चतन्त्र, महाभारत जस्ता ग्रन्थ पढ्नका लागि उहाँले अभिप्रेरित गर्नुहुन्थ्यो । आफू पनि निरन्तर पढिरहने उहाँ एकै दिनमा तीन÷चारवटा पुस्तक पढ्ने गर्नुहुन्थ्यो । प्रत्येक पटक २०÷३० वटा पुस्तकसम्म किन्ने आदत थियो । । अत्यधिक पढ्न रुचाउने उहाँ कहिलेकाहीँ त राति अबेरसम्म पढ्ने भएकाले भोलिपल्ट अपरान्ह १२÷१ बजेसम्म पनि सुत्ने गर्नुहुन्थ्यो ।

    उहाँमा पद लोलुपता पटक्कै थिएन । त्यसैले सरकारका प्रवक्ता र मन्त्री हुन पटकपटक आग्रह हुँदा पनि उहाँले कहिल्यै मान्नुभएन । पदले आफ्नो व्यक्तिगत जीवन र स्वतन्त्रतामा हस्तक्षेप हुन्छ भन्ने ठानेर यस्ता पद नलिएको उहाँ बताउनुहुन्थ्यो । विसं २०५६ मा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले सिरहामा भाषण गर्दै चुनावमा जिताएर पठाए गिरिलाई परराष्ट्र मन्त्री बनाइदिन्छु भन्नुभएको थियो । तर उक्त चुनावमा उहाँले थोरै मतले पराजीत हुनुभयो । त्यसपछि उहाँले भन्नुभएको थियो, “म भगवानलाई धन्यवाद दिन्छु, मलाई हराएर मन्त्री बन्नबाट रोकिदिनुभयो । जितेको भए मैले किसुनजीको आज्ञा मान्नुपथ्र्यो, मन्त्री हुनुपथ्र्यो, जुन मेरो जीवनको चाहना थिएन ।”

    उहाँलाई धेरैले गान्धीवादी नेताका रुपमा पनि चिन्दथे । काठमाडौँमा बस्दा उहाँ प्रायः डेरामै बस्नुभयो । घर बनाउने, बिलासी जीवन बिताउने मोह कहिल्यै मनमा आएन । उहाँको स्वभावसँगै जेलमा बसेका किसुनजीसँग पनि मिल्दथ्यो । “राजनीतिमा निष्ठाको बाटो कहिल्यै नछोड्न भनिरहनुहुन्थ्यो । हामी किसुनजीका अनुयायी हौँ”, इमानदारीपूर्वक जनताको सेवामा लाग्नुपर्दछ भन्नुहुन्थ्यो । सत्तामा गएर मन्त्री, प्रधानमन्त्री बन्नुभन्दा पनि म सधैँ आस्थाको राजनीति गर्छु भन्नुहुन्थ्यो । मैले गर्छु भनेको आफूले राजनीति पद प्राप्तिका लागि होइन भन्नुहुन्थ्यो । नभन्दै जे बोल्नुभयो त्यो उहाँले निर्वाह गर्नुभयो । पदीय र राजकीय पदमा जानु भएन ।

    उहाँको अगुवाइमा सिरहा बस्तीपुरमा करिब हजार विरूवा हुर्किएका छन् । घरभन्दा करिब पाँच किमी पर उहाँले आश्रम पनि बनाउनु भएको छ । आफू मरेर गए पनि रूख बाँचिरहने र ती रूखका फल अरूले खाँदा आफूमा सन्तुष्टि मिल्ने भएकाले विरूवा हुर्काएको उहाँ बताउनुहुन्थ्यो । आश्रममा बस्न निकै आनन्द लाग्ने बताउँथ्यो । शान्त ठाउँमा पढ्न आनन्द हुन्छ भन्नुहुन्थ्यो । २०५१ सालमा किसुनजी सिरहा जाँदा म पनि उहाँसँगै गएको थिएँ । त्यहाँ हामी पाँच दिन रहँदा गिरिजीको लहानस्थित बस्तीपुरको आश्रममा बसेका थियौँ । काठमाडौं हुँदा पनि उहाँ तपोवन गइरहनुहुन्थ्यो ।

    बिपीले परिकल्पना गरेको नेपालका सन्दर्भमा प्रजातान्त्रिक समाजवादको व्याख्या गर्न उहाँ अब्बल हुनुहुन्थ्यो । उहाँमा व्यापक ज्ञान, सिद्धान्तप्रतिको अविचलित निष्ठा, समाजवादी समाज निर्माणप्रतिको प्रतिबद्धता, निर्भिक र स्पष्टवादी स्वभाव रहेको थियो । कतिपय बुद्धिजीवीहरु उहाँलाई बिपीपछिको सबैभन्दा प्रभावशाली विचारकका रुपमा लिन्छन् । जनमत सङ्ग्रहपछि नेपाल आउनु भएका प्रदीप गिरिले राजनीतिलाई नौलो दिशा दिनुभयो । बिपीको देहावसानपछिको अवस्थामा प्रदीपले नै वौद्धिक वहसको परम्परालाई निरन्तरता दिनुभयो । तराईको सम्पन्न परिवारमा जन्मिएर पनि विलासी संस्कृतिको अवलम्बन नगर्नु उहाँको समाजवादप्रतिको सम्मोहको एउटा बलियो उदाहरण हो । उहाँले लामो आफ्नो राजनीतिक जीवनमा समाजवादको अध्ययन, विश्लेशण, चर्चा–परिचर्चा र संश्लेषण गर्नुभयो । यसैमा उहाँ रमाउनुभयो । उहाँमा चातुर्यता थियो ।

    उहाँले युवाहरूलाई पार्टी राजनीतिमा आकर्षण गर्नुपर्छ भन्नुहुन्थ्यो । विचार र सिद्धान्तलाई व्यवहारमा लागू गर्न सक्ने नेता उहाँ हुनुहुन्थ्यो । राजनीतिलाई दर्शन, सिद्धान्त र विचारमा सधैं नै जोडिराख्नुभयो । राजनीति भनेको सत्ताकै लागि होइन, जनता र देशका लागि गर्नुपर्ने सेवा हो भन्नुहुन्थ्यो, यो कुरा नयाँ पुस्ताका लागि ठूलो सन्देश हो । चक्रप्रसाद वास्तोलाको स्मृति दिवसमा आयोजित कार्यक्रममा उहाँले पार्टी सभापति शेरबहादुर देउवालाई मलाई देखाउँदै यिनी सांसद पनि छैनन्, केन्द्रीय सदस्य पनि पराजीत भए, यस्ता युवालाई केही जिम्मेवारी दिएर युवा कार्यकर्तालाई परिचालन गर्नुपर्छ भनेर खुलेरै आग्रह गर्नुभयो । कांग्रेसका बैठकहरूमा धारणा राख्दा पनि उहाँ युवा नेताहरूलाई पार्टीभित्र ठाउँ दिनुपर्छ भन्ने पक्षमा कुरा राख्नुहुन्थ्यो । नयाँ पुस्ताले उहाँबाट सिक्न सक्ने धेरै कुराहरु छन् । पछिल्लो पुस्तासँग उहाँको बढी नै आशा र भरोसा थियो ।

    उहाँको भारतीय नेताहरूसँग नजिकको सम्बन्ध रहेको थियो । करण सिंहले उहाँलाई अत्यन्त आदर गर्नुहुन्थ्यो । विशेषगरी गान्धीवादी विचारक गिरिको भारतका नेताहरू जयप्रकाश नारायण, राममनोहर लोहियाहरूसँग नजिकको सम्बन्ध रहेको थियो । उहाँको सोनिया गान्धी, इन्दिरा गान्धी, राजीव गान्धीलगायतका नेतासँग पनि राम्रै सम्बन्ध थियो । भारतीय नेताहरू नितिश कुमार, लालुप्रसाद यादव, विपी त्रिपाठीलगायतका नेतालाई उहाँले प्रशिक्षण दिनुभएको छ । । भारतमा इन्दिरा गान्धीको सङ्कटकालको समयपछि उहाँले भारतमै रहेर ‘सोसिइलिष्ट मुभमेन्ट’को नेतृत्व पनि गर्नुभएको थियो ।

    उहाँ सबै राजनीतिक दलप्रति उत्तिकै सद्भाव रहेको थियो । उहाँ कांग्रेस पार्टीको टिकटमा चुनिएका सांसद भए पनि राजनीतिमा उहाँको सर्वमान्यता स्थापित भएको थियो । कम्युनिष्टहरुलाई माक्र्सवाद र साम्यवाद पढाउँदै हिड्ने पात्र हुनुहुन्थ्यो उहाँ । उहाँ सबैको मान्छे अर्थात सर्वपक्षीय व्यक्तित्वयुक्त नेता हुनुहुन्थ्यो । अन्य दलका नेता, कार्यकर्ताहरु पनि उहाँका तर्कहरुबाट प्रभावित हुन्थे । उहाँका विचारहरुको कार्यान्वयन गर्न नसके पनि त्यसमा सहमति जनाउँथे । संसदमा उहाँले बोल्ने दिन निकै उत्सुकता छाउँथ्यो । उहाँ कहिल्यै एकपक्षीय रुपमा प्रस्ुत नभई आफूले देखेको स्पष्टसँग कुरा राख्नुहुन्थ्यो । उहाँका कुरामा तर्क र दम रहन्थ्यो ।

    सादगीपनसँगै उहाँको इमान्दारिता, निष्ठा, अध्ययनशिलता वर्तमानमा जो कोही नेतृत्वले सिक्नुपर्दछ । गाउँगाउँमा कुटिर उद्योगमार्फत रोजगारी सिर्जना गर्नुपर्छ भन्ने विचार राख्ने गिरिले सधैँ गाउँ केन्द्रित राजनीतिका पक्षमा आवाज उठाउनुभयो । समाजका सबै वर्ग र समुदायको समुत्थान हुनुपर्छ भन्दै उहाँले ‘कदमजम’ को नारालाई अघि सार्नुभएको थियो । राष्ट्रमा सबैको पहुँच स्थापना हुनुपर्ने भन्दै उहाँले कर्णालीको समस्या, दलित, महिला, जनजाति र मधेशीलाई समेट्दै अघि बढ्नुपर्ने विषयलाई जीवनपर्यन्त उठाइरहनुभयो । उहाँको विचारलाई गाउँगाउँसम्म पु¥याउन आवश्यक छ । उहाँको मूल्यमान्यतालाई जीवित राख्न सकिए भने मात्रै कांग्रेसलाई गतिशील बनाउन सकिन्छ । (लेखक नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य हुनुहुन्छ)

    सोमबार, भदौ ०४, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रधानमन्त्री बालेन्द्र शाहले गराए नागरिकलाई सतर्क रहन आग्रह
    चितवनमा रसुवा भोटेकोशी बाढीपीडितका लागि राहत सङ्कलन कक्ष स्थापना
    भारतबाट आइपुग्यो फरेन्सिक विशेषज्ञ टोली
    नारायणी सामुदायिक हस्पिटलद्धारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमामा ११ लाख सहयोग
    निरन्तर उकालो लाग्दै सुनको मूल्य, आज ३ लाख १९ हजार ५ सयमा कारोबार हुने
    रवि लामिछानेको चीन भ्रमण स्थगित, सांसदहरूको टोली मात्रै जाने

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    • ४.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ५.
      लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो:

    • ६.
      राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.