• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
आइतबार, असोज १८, २०८३
☰
आइतबार, असोज १८, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ४. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ५. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ६. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

  • ७. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

  • ८. एनसेलले ल्यायो आईफोन १८ सिरिज खरिदकर्ताका लागि विशेष बन्डल अफर

  • ९. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

  • १०. संघीय संसद्को बैठक बस्दै

प्राचीन सहर बनेपा : जहाँ बर्सेनि हजारौँ कन्या पुजिन्छन्


  •   सोमबार, भदौ ०४, २०८० मा प्रकाशित
  • काभ्रेपलाञ्चोक ४ भदौ 

    Advertisement

    प्राचीन सहर बनेपा, जहाँ छोराभन्दा बढी छोरीलाई महत्व दिइन्छ । काभ्रेपलाञ्चोकको यस सहरमा ‘छोरालाई काखा, छोरीलाई पाखा’ भन्ने उखानलाई मिथ्या बनाइदिएको छ । एक सय २१ वर्षअघि सुरु भएको ‘कन्यापूजा’को परम्पराले यहाँ एउटा सुन्दर सन्देश दिएको छ, ‘छोराछोरी’ बराबरी ।

    बनेपामा प्रत्येक वर्ष कृष्ण जन्माष्टमीका दिन कन्यापूजा गरिन्छ । विसं १९५९ देखि यहाँका स्थानीयले यस परम्परालाई विशेष तामझाम, रमझमसहित सामूहिक संलग्नतामा मनाउँदै आएका छन् । अघिल्ला दुई वर्ष कोभिड–१९ को महामारीका कारण प्रभावित बनेको कन्यापूजा गत वर्षदेखि पुनःनिरन्तरता पाएको छ । यस अवधिमा बनेपामा मात्रै आठ हजारभन्दा बढी कन्याको पूजा गरिएको छ ।

    सनातन कन्यापूजा प्रबन्ध समितिमार्फत रजस्वला नभएका (दश वर्षमुनिका कन्या)को पूजा गर्ने गरिएको जनाइएको छ । यस वर्ष भदौ २० गते कन्यापूजा गरिने समितिले जनाएको छ । रजस्वला नभएका तथा बेलविवाह नगरिएका कन्यालाई पुज्ने व्यक्ति निरोगी भई ‘मनले चिताएको’ पुग्ने मान्यता रहेको स्थानीय लम्बोदर कायष्थले बताउनुभयो ।

    यही मान्यताका साथ काभ्रेपलाञ्चोकका विभिन्न स्थानमा रजस्वला नभएका कन्यालाई श्रीकृष्ण जन्माष्टमीका अवसरमा पुज्दै आइएको उहाँको भनाइ थियो । उहाँका अनुसार विशेषगरी जिल्लाको मुख्य सहर बनेपामा यसप्रथा धुमधामका साथ आयोजना गरी मनाउने गरिएको छ ।

    घाम र हावाको सन्तुलन मिलाउन चोक, पानीको व्यवस्था मिलाउन ढुङ्गेधारा र इनार, सांस्कृतिक कार्यक्रम गर्न तथा नाटक देखाउन डबली निर्माण गरिएको प्राचीन सहर हो बनेपा । यहाँ नौ ढुङ्गेधारा, नौ चोक, नौ डबली र ९९ इनार छन् । यस नगरमा एक सय २१ वर्ष पुरानो इतिहास बोकेको कन्यपूजाको प्रचलन पछिल्ला केही वर्षदेखि जिल्लाका अन्य बजार तथा बस्तीमा पनि गर्न थालिएको स्थानीय बताउँछन् ।

    विनाटिकट स्वतःस्फूर्त गरिने यसमा प्रत्येक वर्ष करिब आठदेखि १० हजार कन्या सहभागी हुन्छन् । बनेपा नगरको भोलाखाँ टोलदेखि लायकु दरबार तथा पुरानो बजार हुँदै चारदोबाटोसम्म सडकको दायाँबायाँ पेटीमा रजस्वला नभएका कन्या लस्करै बस्छन् । दश वर्षमुनिका कन्यालाई पूजा गर्दा उनीहरुको स्वास्थ्य राम्रो हुनुका साथै पूजा गर्ने व्यक्तिलाईसमेत धर्म प्राप्त हुने जनविश्वास रहिआएको समितिका सदस्य प्रकाश कायष्थले जानकारी दिनुभयो । उहाँका अनुसार यही कारणले कृष्ण जन्माष्टमीका दिन कन्यापूजा गर्ने र गराउनेको ठूलो भीड हुने गर्दछ ।

    त्यस दिन कन्यालाई पूजा गर्नका लागि काठमाडौँ, भक्तपुर, ललितपुरका साथै छिमेकी जिल्लाबाट समेत भक्तजन आउने गरेका समितिका सदस्य कायष्थले जानकारी दिनुभयो । उहाँका अनुसार कन्यापूजामा समितिमार्फत एक सय ३५ जना भक्तजनले दानदक्षिणा, प्रसाद, स्वारी, मालपुवा, पैसा, जेरी, बिस्कुट, छोकडा, काजु एवं विभिन्न प्रकारका मिठाइ वितरण गर्दछन् ।

    पूजामा सहभागी प्रत्येक कन्याको टाउकोमा शुद्ध तोरीको तेल खन्याएर देवीसरह रातो टीका लगाएर पूजा गर्ने प्रचलन रहेको कायष्थले बताउनुभयो । उहाँका अनुसार पूजामा काभ्रेपलाञ्चोकसहित छिमेकी जिल्ला सिन्धुपाल्चोक, सिन्धुली, भक्तपुर, काठमाडौँ, ललितपुर लगायतबाट रजस्वला नभएका कन्या पनि सहभागी हुने गर्दछन् ।

    स्थानीय लम्बोदर कायष्थले यस अवसरमा बनेपालीका घरमा आफन्तजनको आउनेजाने प्रक्रिया चलिरहने बताउनुभयो । रजस्वला नभएका कन्याको पूजा गर्नाले उनीहरूमा सुःख, शान्ति, समृद्धि छाउनुका साथै पूजा गर्ने व्यक्तिलाई पनि धर्म हुने जनविश्वास रहेको उहाँले बताउनुभयो ।

    किंवदन्तीअनुसार रजस्वला नभएका र बेलविवाह नगरिएका कन्याको लाममा देव–कन्या, नाग–कन्या, गन्धर्व–कन्या, किन्नर–कन्या र किच–कन्या मानव–कन्याका भेषमा आउने भएकाले उनीहरूलाई आराध्यदेवी चण्डेश्वरी देवीकी कुमारी मानेर पूजा गरेमा सार्थकता प्राप्त हुने धार्मिक विश्वास रहिआएको लम्बोदरले जानकारी दिनुभयो । बनेपाका सात गाउँलाई राक्षसबाट मुक्त गराउन सफल चण्डेश्वरी देवी ‘कन्या’ भएकाले कन्यालाई पूजा गरे राक्षसको दुष्प्रभावबाट पनि बच्न सकिने हुँदा कन्यापूजाको प्रचलन रहिआएको उहाँले बताउनुभयो ।

    पूजामा सहभागी कन्याको स्वागत एवं सम्मानमा लागि बनेपाका नेवार समुदायले विभिन्न प्रकारका झाँकी तथा बाजाको व्यवस्थापनसमेत गर्दछन् । बनेपाका भोछिभोया खलक चण्डेश्वरीका सन्तति मानिने भएकाले कुनै जाति वा वर्गका आधारमा भेदभाव नराखी उपस्थित कन्याको पूजा गरिन्छ ।

    बनेपा नगरपालिका–३ भोलाखाँ टोलमा गणेश र कुमारको पूजा गरेपछि कन्यापूजा सुरु हुने गर्दछ । स्थानीय इतिहासविद् ज्ञानकाजी मानन्धरका अनुसार कुनै समय बनेपाका एक नेवार समुदायका व्यक्तिले धेरै दुःख भएपछि घरको बँुइगलमा राखेर आफ्ना घरका कन्यालाई पूजा गरेका थिए । “सोही प्रचलनलाई सुरुका वर्षमा नेवार समुदायका रजस्वला नभएका कन्या मात्रै पुजिँदै आइए पनि केही वर्ष पछि सबै जातजातिका कन्यालाई पूजा गर्न थालिएको हो”, उहाँले भन्नुभयो ।

    यहाँ हुने कन्यापूजामा प्रतिकन्या रू चार सय बराबरका सामग्री उपलब्ध गराइन्छ । गत वर्ष आठ हजार कन्याका लागि रू तीन करोड २० लाख खर्च भएको समितिका सचिव सुरकृष्ण वैद्यले जानकारी दिनुभयो । उहाँका अनुसार दाताको सहयोगबाहेक अन्य खर्च समितिका पदाधिकारीले नै व्यहोर्दै आएका छन् ।

    “नेवाः कन्या–पूजाका नाममा टिकट दिएर गरिने कन्यापूजा बनेपा नगरपालिका–८ दक्षुटोलमा आयोजना हुने भएको छ”, वैद्यले भन्नुभयो, “कृष्ण जन्माष्टमीको दुई दिनअघि गरिने उक्त पूजामा प्रत्येक वर्ष दुई हजार कन्या सहभागी हुन्छन् ।” उहाँका अनुसार जन्माष्टमीको दिन र जन्माष्टमीभन्दा दुई दिन अघि गरी वर्षमा दुईपटक कन्यापूजाको आयोजना गरिन्छ ।
    रासस

     

    सोमबार, भदौ ०४, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
    अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)
    सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ४.
      लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो:

    • ५.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    • ६.
      दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.