• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
आइतबार, असोज १८, २०८३
☰
आइतबार, असोज १८, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ४. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ५. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ६. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

  • ७. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

  • ८. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

  • ९. कान्ति राजमार्ग पुनः दुईतर्फी सञ्चालन

  • १०. भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५४ जनाको शव फेला

अर्थदेखि कलाकार जोगाउने चुनौतीका बीच बालनलाई निरन्तरता


  •   मङ्गलबार, भदौ १९, २०८० मा प्रकाशित
  • गण्डकी १९ भदौ

    Advertisement

    आधुनिकताका नाममा प्राचीन मौलिक संस्कृतिहरू हराउँदै गएको अवस्थामा पोखरा महानगरपालिका–३२ स्थित राधाकृष्ण सांस्कृतिक समूहले भने पौराणिक संस्कृतिमा आधारित बालनलाई निरन्तरता दिँदै आएको छ ।

    नयाँ वाद्यवादनका साथै डिस्को डान्समा नयाँ पुस्ता झुम्मिन थालेको अवस्थामा हजुरबुबादेखि नाति पुस्तासम्मका सबै व्यक्तिहरूको सक्रियतामा बालनलाई निरन्तरता दिन खोजिएको हो ।

    श्रीकृष्ण जन्माष्टमी र रामनवमीजस्ता विशेष धार्मिक पर्वमा कृष्ण चरित्र, श्रीराम चरित्र आदिमा आधारित कलाकारले देखाउने बालनहरू पछिल्ला पुस्तामा हराइसकेको राधाकृष्ण सांस्कृतिक समूहका अध्यक्ष सञ्जय ढकालले बताउनुभयो ।
    आधुनिकताका नाममा पछिल्लो समयमा प्राचीनकालदेखि सञ्चालन हुँदै आएका यस्ता मौलिक संस्कृति संरक्षणको अभावमा समाजबाटै हराउने हो कि भन्ने चिन्ता बढेको उहाँको भनाइ थियोे । नयाँ पुस्तामा जाग्दै आएको आधुनिक संस्कृतिप्रतिको मोहका साथै प्राचीन संस्कृतिप्रतिको बेवास्ताले यी संस्कृतिहरू सङ्कटमा पर्दै गएको अवस्थामा यस समूहले बालनलाई निरन्तरता दिँदै आएको अध्यक्ष ढकालले उल्लेख गर्नुभयो।

    समूहले पहिला कृष्णबालन देखाउन सुरु गरे पनि पछिल्ला समयमा भगवान् रामचन्द्रको लीलामा आधारित बालन देखाउँदै आएको छ ।

    अर्थ व्यवस्थापनका साथै कलाकार जोगाउने विषयले बालनको निरन्तरताका लागि समस्या पर्ने गरेको बताउँदै उहाँले एउटा बालनको तयारीका लागि झन्डै रु १५ लाख आवश्यक पर्ने जानकारी गराउनुभयो । “श्रीराम चरित्रमा आधारित बालन सञ्चालन गर्न करिब ४०÷५० कलाकार आवश्यक पर्छ”, अध्यक्ष ढकालले भन्नुभयो, “एक पटकमा बालन देखाउन करिब रु चार लाखसम्मको शृङ्गारका समान आवश्यक पर्दछ भने त्यही रुपमा वाद्यवादनका सामान आवश्यक पर्दछन् ।”

    पछिल्लो पुस्ताका युवा प्राचीन संस्कृतिमा आधारित अभिनय गर्न नचाहने र आर्थिक स्रोतको दीर्घकालीन व्यवस्थापनको चुनौतीसँगै बालनलाई निरन्तरता दिन समस्या पर्ने गरेको समूहका सचिव पुष्पराज शर्मा पौडेलले जानकारी दिनुभयो ।

    यस समूहले २०७२ सालमा कृष्णबालन सुरु गरेको बताउँदै उहाँले त्यसका लागि ७०÷८० जनासम्म कलाकार लाग्ने भएकाले त्यसलाई निरन्तरता दिन नसकिएपछि श्रीराम चरित्रमा आधारित बालन सुरु गरिएको उहाँको भनाइ थियोे ।

    “कलाकारकै जोहो गर्न नसकेपछि हामीले ठूलो सङ्ख्यामा कलाकार चाहिने कृष्णबालन छोडेर त्यसभन्दा केही कम कलाकार लाग्ने श्रीराम चरित्रमा आधारित बालन देखाउन लागेका हौँ”, सचिव पौडेलले भन्नुभयो, “बालन सञ्चालनका लागि दीर्घकालीन आर्थिक स्रोत नभएका कारण पनि मुस्किल पर्ने गरेको हो ।” कृष्णबालनमा कलाकार सङ्ख्याको एक तिहाइ महिला कलाकार आवश्यक पर्दछ । कृष्णबालनमा गोपिनीहरूको सङ्ख्या धेरै चाहिने हुन्छ भने श्रीराम चरित्रमा आधारित बालनमा बाँदरका सेना तयार गर्न धेरै कलाकार आवश्यक पर्दछ ।

    पौराणिक समयमा भारद्वाज ऋषिले आफ्नो आश्रममा प्रवेश गर्दा कृष्णलीलामा आधारित बालन खेल्न बालनेलाई निमन्त्रणा गरेको स्मरण गर्दै यो नाच नाच्ने चलन सुरु भएको विश्वास छ । श्रीकृष्णका मातापिताको जन्मदेखि कृष्णजन्म हुँदै कंश बधसम्मका घटनाक्रमलाई बालने कलाकारले जीवन्त चित्रण गर्दछन् । कृष्णबालनका लागि लगभग चार घण्टा समयावधि लाग्ने कलाकारहरू बताउँछन् । देवीदेवताको गुणगानमा आधारित बालन पृथ्वीको सृष्टिकालदेखिका भगवान्का लीला र अवतारको वर्णनमा आधारित हुँदै आएको संस्कृतिका रुपमा लिइन्छ । गीता, महाभारत, रामचरित्र, कृष्णचरित्र र भगवान्का दस अवतारलाई लिएर बालन सञ्चालन गर्ने प्रचलन छ ।

    समूहलाई दीर्घकालीन बालन सञ्चालनका लागि राज्यका तर्फबाट कुनै सहयोग प्राप्त नभएको अवस्थामा समाजसेवी झलकप्रसाद खनालले व्यक्तिगतरुपमा बालन सञ्चालनका लागि रु तीन लाखको अक्षयकोष स्थापना गरिदिएका कारण त्यसबाट केही राहत पुगेको उहाँले जानकारी दिनुभयो । खनालले समूहका लागि साउन्ड सिस्टमको पनि सहयोग गर्नुभएको छ ।

    समूहको मागअनुसार समय समयमा भजनकीर्तन प्रस्तुत गरी केही आर्थिक स्रोत जुटाएर कार्यक्रमहरू सञ्चालन गर्दै आएको उहाँले जानकारी दिनुभयो ।

    एक पटक बालन देखाउनका लागि करिब एक महिनासम्मको अभ्यास गर्नुपर्दछ । त्यसैले समयको व्यवस्थापन पनि यसमा महत्वपूर्ण मानिएको छ । सुरुमा बालन सञ्चालन गर्न आवश्यक गरगहना, शृङ्गार सामग्री खरिदका साथै बालने कलाकार तयार गर्न तालिम अपरिहार्य हुने राधाकृष्ण सांस्कृतिक समूहका संस्थापक अध्यक्ष एवम् राष्ट्रिय लोक भजन चुड्का प्रतिष्ठान नेपालका केन्द्रीय उपाध्यक्ष भुलाप्रसाद भण्डारीले बताउनुभयो ।

    आर्थिक अभावसँगै तालिमप्राप्त कलाकारमध्ये ज्येष्ठ नागरिक अशक्त हुनु, युवा वैदेशिक रोजगारीमा र महिला कलाकार विवाह भएर जानेलगायत कारण कलाकार जोगाउन चुनौतीपूर्ण बनेको उहाँको भनाइ थियो । पछिल्ला समयमा प्राचीन मौलिक संस्कृतियुक्त बालनहरू पाल्पा, गोरखा, बाग्लुङ, लम्जुङ, तनहुँ, स्याङ्जालागयतका जिल्लामा पनि देखाउन थालिएको बताउँदै भण्डारीले देशका अन्य भूभागमा पनि बालन जगेर्ना गर्न खोजिएको जानकारीमा आएको बताउनुभयो ।

    संस्कृतिको जगेर्नाका लागि प्रतियोगिता

    राधाकृष्ण सांस्कृतिक समूहले प्राचीन संस्कृतिको जगेर्ना गर्नेे उद्देश्यले प्रत्येक वर्षको श्रीकृष्ण जन्माष्टमीका अवसरमा श्रीकृष्ण जन्माष्टमी महोत्सव तथा खुल्ला भजन चुड्का प्रतियोेगिता गर्दै आएको छ । संस्था स्थापनाको १२ वर्ष पुगेको जानकारी गराउँदै अध्यक्ष ढकालले यस वर्ष आठौँ संस्करणको महोत्सव, प्रतियोगितासँगै झाँकी प्रदर्शन गर्न लागिएको जानकारी दिनुभयो ।

    प्रतियोगिताका लागि विभिन्न २४ वटा समूह सम्पर्कमा आइसकेको बताउँदै उहाँले कालीका गन्धर्व समाजको नचरी, नेपाल पुनमगर समाजको सोरठी, गगन नेवाः खलको लाखे नाचजस्ता विभिन्न झाँकी प्रदर्शन गर्न लागिएको जानकारी दिनुभयो ।

    प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वनालाई क्रमशः रु चार हजार पाँच सय, रु तीन हजार पाँच सय, रु दुईहजार पाँचसय र रु एक हजार पाँचसय पुरस्कार प्रदान गरिने जनाइएको छ । बर्सेनि गर्दै आएको यस प्रतियोगिताले प्राचीन मौलिक संस्कृतिको जगेर्नामा टेवा पुगेको अध्यक्ष ढकालले बताउनुभयो ।

    मङ्गलबार, भदौ १९, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
    अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)
    सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ४.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    • ५.
      लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो:

    • ६.
      राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.