• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
आइतबार, असोज १८, २०८३
☰
आइतबार, असोज १८, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ४. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ५. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ६. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

  • ७. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

  • ८. कान्ति राजमार्ग पुनः दुईतर्फी सञ्चालन

  • ९. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

  • १०. भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५४ जनाको शव फेला

विपद्‌बाट पाँच वर्षमा तनहुँमा ४२ जनाको मृत्यु रु २९ करोड भौतिक क्षति


  •   बुधबार, भदौ २०, २०८० मा प्रकाशित
  • दमौली२० भदौ 

    Advertisement

    विपद्बाट तनहुँ जिल्लामा पाँच वर्षको अवधिमा ४२ जनाले ज्यान गुमाएका छन् । जिल्ला प्रशासन कार्यालयले तयार गरेको विपद् प्रतिकार्य योजना बमोजिम आर्थिक वर्ष २०७५÷७६ देखि आर्थिक वर्ष २०७९÷८० सम्म पहिरो, बाढी, आगलागी, चट्याङलगायत विपद्का घटनाबाट यहाँका ४२ जनाले ज्यान गुमाएका हुन् ।

    आव ०७५÷७६ मा तीन, ०७६÷७७ मा १२, ०७७÷७८ मा १०, ०७८÷७९ मा दुई र आव २०७९÷८० मा १५ जनाले ज्यान गुमाएको सहायक प्रमुख जिल्ला अधिकारी काशिराम गैह्रेले जानकारी दिनुभयो । सोही अवधिमा ६३ जना घाइते भएका थिए ।

    जिल्लामा बाढीपहिरो, आगलागी र चट्याङको जोखिममा रहेकाले बर्सेनि विपद्का घटनाबाट सर्वसाधारणले ज्यान गुमाउने गरेका छन् । सो अवधिमा विपद्का घटनाबाट रु २९ करोड ५७ लाख ६८ हजार एक सय भौतिक क्षति भएको छ । घर, गोठ, विद्यालय भवनलगायत संरचना नष्ट हुँदा उक्त क्षति भएको हो ।

    विपद् व्यवस्थापन समितिका अनुसार आव ०७५÷७६ मा २४ घर, सात गोठ, अन्य चार संरचनामा क्षति पुग्दा रु ९९ लाख क्षति भएको छ । आव ०७६÷७७ मा एक सय ३४ घर, ३८ गोठ, २० अन्य र एक विद्यालयमा क्षति पुग्दा रु एक करोड ७४ लाख पाँच हजार सात सयको क्षति भएको थियो । आव ०७७÷७८ मा एक सय ५१ घर, २९ गोठ, १९ अन्य, दुई सरकारी कार्यालय र तीन विद्यालयमा क्षति पुग्दा रु चार करोड १६ लाख १० हजार बराबरको क्षति भएको थियो । आव ०७८÷७९ मा ३९ घर, आठ गोठ, अन्य ३२ संरचनामा क्षति पुग्दा रु १८ करोड ९० लाख ७५ हजारको क्षति भएको विपद् व्यवस्थापन समितिले जनाएको छ ।

    आव ०७९÷८० मा ६० घर, १४ गोठ, अन्य २२ संरचनामा क्षति पुग्दा रु रु तीन करोड ७७ लाख ७७ हजार चार सयबराबरको क्षति भएको थियो । समितिले विभिन्न प्रकोपहरुका कारण सामाजिक तथा मानवीय जीवनमा आइपर्ने विपद्लाई थेग्न तथा हुन सक्ने क्षतिलाई न्यूनीकरण गर्न अति आवश्यक भएकाले प्रत्येक वर्ष विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना निर्माण गरी कार्यान्वयमा ल्याएको छ । विपद्बाट समुदायको आर्थिक, सामाजिक तथा मानवीय जीवनमा पु¥याउन सक्ने क्षति न्यूनीकरण गरी विपद्पछि छिटोभन्दा छिटो पूर्ववत् अवस्थामा ल्याउन प्रतिकार्य योजना प्रभावकारी हुने विश्वास गरिएको प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिनुभयो ।

    जिल्लाका दसवटै पालिका बाढी, पहिरो, आगलागी, चट्याङजस्ता विपद्को जोखिममा रहेको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार दस पालिकाका अधिकांश वडाहरु बाढीपहिराको जोखिममा रहेका छन् । पहिराको प्रकोपका आधारमा व्यास नगरपालिका, भिमाद नगरपालिका, शुक्लागण्डकी नगरपालिका, बन्दीपुर गाउँपालिका, घिरिङ गाउँपालिका, ऋषिङ गाउँपालिका, आँबुखैरेनी गाउँपालिका र म्याग्दे गाउँपालिका उच्च जोखिममा रहेको छ । बाढीको प्रकोपका आधारमा भानु नगरपालिका र देवघाट गाउँपालिकाका उच्च जोखिममा छ ।

    कार्यालयका अनुसार व्यास नगरपालिकाको –१, ३, ४, ५, ६, ७, ८, ९, १०, ११, १२, १३ सम्म र १४ का ६२ टोल बस्ती पहिराको उच्च जोखिममा छ । भानु नगरपालिकाको –४, ५, ६ र ७ का टोलबस्ती, भिमाद नगरपालिकाको–३, ५, ७, ८ र ९, शुक्लागण्डकी नगरपालिकाको–९ र १०, देवघाट गाउँपालिकाको–१, २, ३ र ४, बन्दीपुर गाउँपालिकाको–१, २, ४ र ५ का दस बस्ती, घिरिङ गाउँपालिकाको –२, ३, ४ र ५ का दस बस्ती, ऋषिङ गाउँपालिकाको–१, २, ३, ६, ७ र ८, आँबुखैरेनी गाउँपालिकाको–४, ५, ६ र म्याग्दे गाउँपालिकाको–१ देखि ७ सम्मका बस्ती पहिराको जोखिममा छ ।

    यसैगरी व्यास नगरपालिकाको–१, २, ३, ६, ८, ९, ११ र १३ का ४७ बस्ती, भानु नगरपालिकाको–१, २, ५, ६, ७, ११, १२ र १३ का बस्ती, भिमाद नगरपालिका–१ को दुई बस्ती, शुक्लागण्डकी नगरपालिकाको–४ र ८ को बस्ती, देवघाट गाउँपालिकाको–१ देखि ५ सम्मकानदी तटीय क्षेत्र बाढीको जोखिममा छ ।

    बन्दीपुर गाउँपालिका–६ को सामीकोट क्षेत्र, घिरिङ गाउँपालिका–१ को कालीगण्डकी, मैदीखोला र सिरिङ्दी क्षेत्र किनारका बस्ती, ऋषिङ गाउँपालिका–१, ३, ४, ५, ७ र ८ का झापुटार र बेलटारका नदी किनारका बस्ती, आँबुखैरेनी गाउँपालिका–२, ४, ५, ६ का बस्तीहरु, म्याग्दे गाउँपालिका–३ र ६ को अकला क्षेत्र बाढीको उच्च जोखिममा छ ।

    प्रजिअ रिजालले भन्नुभयो, “मनसुनको समयमा हुनसक्ने विभिन्न प्रकोपका घटनाहरु र यसदेखि सिर्जना हुने विपद्को अवस्थामा तत्काल खोज, उद्धार तथा राहत वितरणलगायत कार्य गर्न कार्ययोजना बनाएर अगाडि बढेका छाँै ।” यो योजनाले मनसुनका कारण उत्पन्न हुने जोखिमको पूर्वानुमान गरी न्यूनीकरणमा सहयोग पुग्ने, राहत सङ्कलन एवं उद्धारका लागि सरकारी एवं गैरसरकारी निकायहरुको अधिकतम परिचालन हुने, मनसुनका कारण उत्पन्न हुन सक्ने विपद्मा प्रतिकार्यका लागि सम्बद्ध निकायहरु तयारी अवस्थामा रहनेछन् ।

    बुधबार, भदौ २०, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
    अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)
    सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ४.
      लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो:

    • ५.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    • ६.
      दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.