• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
आइतबार, असोज १८, २०८३
☰
आइतबार, असोज १८, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ४. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ५. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ६. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

  • ७. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

  • ८. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

  • ९. राष्ट्रपति पौडेलद्वारा संघीय संसद्का दुवै सदनको अधिवेशन अन्त्य

  • १०. अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

अर्थतन्त्र सुधारमा सरकार कटिबद्ध : कार्यवाहक प्रधानमन्त्री खड्का


  •   शुक्रबार, मङि्सर १५, २०८० मा प्रकाशित
  • काठमाडौँ १५ मङ्सिर 

    Advertisement

    कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले अर्थतन्त्रमा देखिएका केही समस्यालाई देखाएर कतिपय स्वार्थ समूहले अवाञ्छित राजनीतिक फाइदा लिन खोजेकोप्रति सरकार गम्भीर रहेको बताउनुभएको छ । नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २७औँ वार्षिकोत्सवका अवसरमा यहाँ आयोजित कार्यक्रममा उहाँले सर्वसाधारण जनसमुदायलाई कुनै पनि अराजक र उत्तेजक भीडको पछि नलाग्न र सरकारमाथि भरोसा राख्न आग्रह गर्नुभयो ।

    “हजारौँ नागरिकको बलिदान र लामो समयको राजनीतिक सङ्घर्षबाट प्राप्त सङ्घीय, लोकतान्त्रिक र गणतन्त्रात्मक शासन व्यवस्थाको अर्को विकल्प छैन, यसमा रहेका कमी–कमजोरीलाई सुधार्दै यो व्यवस्थालाई थप सबल, सदृढ र जनउत्तरदायी बनाउँदै अघि बढ्नु आजको आवश्यकता हो”, कार्यवाहक प्रधानमन्त्री खड्काले भन्नुभयो । सरकार अर्थतन्त्रमा देखापरेका समस्या समाधान गर्न पूर्ण प्रतिबद्धताका साथ लागिरहेको बताउनुहुँदै उहाँले चाँडै अर्थतन्त्र सही ट्रयाकमा आउनेमा विश्वास व्यक्त गर्नुभयो ।

    उहाँले अर्थतन्त्र सुधारका लागि निजी क्षेत्र र सरोकारवाला सबैसँग रचनात्मक संवाद र सहकार्य गरेर अघि बढ्न सरकार तयार रहेको उल्लेख गर्नुभयो । “अर्थतन्त्रको समस्यालाई हामीले सामूहिकरूपमा समाधान गर्न सक्छौँ । एकअर्कालाई दोषारोपणभन्दा पनि हामी सबैले आ–आफ्नो ठाउँमा जिम्मेवार भएर दायित्व निर्वाह गर्न सक्यौँ भने अर्थतन्त्र सुधारका लागि महत्त्वपूर्ण सहयोग हुनसक्छ”, उहाँले भन्नुभयो ।

    विश्वको अर्थतन्त्र कोरोना महामारी, रुस–युक्रेन युद्ध र इजरायल–प्यालेस्टाइन सङ्घर्षलगायतले विश्व अर्थतन्त्र प्रभावित भइरहेको र नेपाल पनि यसबाट अछुतो नभएको कार्यवाहक प्रधानमन्त्री खड्काको भनाइ थियो । यस्तो जटिल र विषम परिस्थितिमा मुलुकमा आर्थिक स्थायित्व कायम गर्दै लगानीको वातावरणमा सुधार गरी आय र रोजगारी बढाउन हामीले हाम्रा सम्पूर्ण प्रयासलाई केन्द्रित गर्नुपर्ने खाँचो रहेको उहाँले बताउनुभयो ।

    “बढ्दो आयात र घट्दो निर्यातका कारण हाम्रो अर्थतन्त्र सदैव दबाबमा छ । त्यसमाथि पुँजीगत खर्च अपेक्षाकृतरूपमा हुन नसक्नु र राजस्व परिचालन पनि अपेक्षाकृतरूपमा बढ्न नसक्नुले अर्थतन्त्रलाई लयमा ल्याउन हामीले थप मेहनत गर्नुपर्ने स्थिति छ”, उहाँले भन्नुभयो, “सरकारले लिएको उपयुक्त नीति तथा चालेको सकारात्मक कदमले हालका दिनमा वैदेशिक मुद्रा सञ्चितिमा केही सुधार हुँदै गएको छ ।”

    अर्थतन्त्रमा देखिएका सबै समस्या समाधानमा सरकार गम्भीर रहेको उल्लेख गर्नुहुँदै उहाँले सुधारका लागि सरकारले यथासम्भव प्रयास गरिरहेको बताउनुभयो । “सरकारले चालेका कदम र प्रयासका कारण ब्याजदर घट्दो क्रममा छ, जसले गर्दा लगानी बढ्ने अपेक्षा गर्न सकिन्छ । घरजग्गा कारोबार र पुँजीबजारमा देखिएको शिथिलता समाधानका लागि सरकारले नीतिगतरूपमै विभिन्न कदम चालेको छ । यसको परिणामस्वरूप यी क्षेत्रमा विस्तारै सुधारका सङ्केत देखिन पनि थालेका छन्”, उहाँले भन्नुभयो ।

    कार्यवाहक प्रधानमन्त्री खड्काले सरकार लगानीको वातावरणमा सुधार गर्न सुरुदेखि नै कटिबद्ध रहेको बताउनुहुँदै यसका लागि सरकारले निजी क्षेत्र–मैत्री नीति तथा उपाय कार्यान्वयनमा ल्याइरहेको बताउनुभयो । “अब निजी क्षेत्रले पनि सरकारले उपलब्ध गराएको लचिलो र अनुकूल नीतिगत संरचना तथा सरकारले तयार गरेका औद्योगिक तथा व्यापार पूर्वाधारको फाइदा उठाउँदै लगानी र रोजगारी वृद्धिमार्फत अर्थतन्त्रको विकासमा थप सहयोग पुर्याउनु पर्दछ भन्ने मलाई लागेको छ । यसका लागि म यसै मञ्चबाट सबैलाई हार्दिक आग्रह गर्न चाहन्छु”, उहाँले भन्नुभयो ।

    उहाँले अर्थतन्त्रमा केही सकारात्मक सङ्केतहरू पनि देखिएको बताउनुभयो । “अर्थतन्त्रमा समस्यामात्र छैन । केही आशा र सुधारका प्रष्ट चित्र पनि देखिएका छन् । पर्यटक आगमन बढ्दो छ, सेवा क्षेत्रमा लगानी बढ्न थालेको छ । विप्रेषण पनि उत्साहजनक छ । सूचना प्रविधि क्षेत्रमार्फत नेपाल भित्रने आम्दानी अर्थतन्त्रको नयाँ आयामको रूपमा देखापरेको छ”, उहाँले भन्नुभयो, “राजस्व बढाउने सन्दर्भमा सरकारले निरन्तर प्रयास गरिरहेको छ । पुँजीगत खर्चलाई उच्च र गुणस्तरीय बनाउन योजनाबद्ध कार्यतालिकामा सरकारले काम गरिरहेको छ ।” सरकारले लगानी बढाउन लगानी सम्मेलनको तयारी गरिरहेको पनि उहाँको भनाइ थियो ।

    कार्यवाहक प्रधानमन्त्री खड्काले अर्थतन्त्रमा समस्या देखिएका बेलामा आर्थिक पत्रकारको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । “यस्तो समयमा आर्थिक विषयमा कलम चलाउने तपाईं पत्रकारहरूको भूमिका अझ निष्पक्ष, वस्तुनिष्ठ र व्यावसायिक हुनुपर्छ भन्ने मलाई लाग्दछ । यहाँहरूले देशको आर्थिक विकासको रथलाई गति दिन आफ्नो ठाउँबाट योगदान गरिरहनुभएकै छ र यसलाई आगामी दिनमा अझै सशक्त बनाउन आग्रह गर्न चाहन्छु”, उहाँले भन्नुभयो ।

    त्यस अवसरमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंक तथा वित्तीय संस्थाको नियमन र अनुगमन प्रभावकारीरूपमा भइरहेको बताउनुभयो । अर्थतन्त्र सुधारका लागि मौद्रिक क्षेत्रको नियामकका रूपमा राष्ट्र बैंकको सीमित भूमिका रहने उहाँको भनाइ छ ।

    “मौद्रिक नीतिका आफ्ना सीमा र उद्देश्य हुन्छन् । मैले चाहेरमात्रै सबै सुधार हुँदैन । विकास निर्माणका काम राष्ट्र बैंकले गर्ने होइन, खानी उत्खनन, भूकम्पपछिको पुनःनिर्माण राष्ट्र बैंकको अधिकार क्षेत्रभित्र पर्दैन”, गभर्नर अधिकारीले भन्नुभयो, “एकापसमा दोषारोपण गरेर पन्छिने प्रवृत्ति बढेको छ । सबै निकायले जिम्मेवारीपूर्वक काम गर्न सके समस्या समाधान हुन्छ ।”

    नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले नेपालमा झन्झटिलो प्रशासनिक प्रक्रियाका कारण नेपालमा पर्याप्त लगानी भित्रन नसकेको बताउनुभयो । नेपालमा साना र मझौला उद्यमलाई प्रवर्द्धन गरिनुपर्ने पनि उहाँको धारणा छ । धितोपत्र बजारमा साना तथा मझौला उद्योगका लागि छुट्टै व्यवस्था गर्न लागिएको पनि उहाँले बताउनुभयो ।

    नेपाल उद्योग परिसङ्का अध्यक्ष राजेशकुमार अग्रवालले अर्थतन्त्र सुधारका लागि सरकारलगायत सम्बन्धित निकाय जिम्मेवार भएर लाग्नुपर्नेमा जोड दिनुभयो । अर्थतन्त्रलाई गतिशील बनाउन संरचनागत सुधार आवश्यक रहेको उहाँको भनाइ छ । राष्ट्र बैंकको सञ्चालक समितिमा पहुँचका आधारमा भन्दा विज्ञताका आधारमा नियुक्ति गर्न उहाँले सुझाव दिनुभयो । राष्ट्र बैंकले कसिलोभन्दा पनि खुकुलो नीति लिन आवश्यक रहेको पनि अग्रवालले धारणा राख्नुभयो । बैंक र ऋणीको समझदारीमा कर्जाको पुनःसंरचना र पुनःतालिकीकरण आवश्यक रहेको बताउनुभयो ।

    नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले ऋणको जमानीकर्तालाई कालोसूचीमा राख्नेसम्बन्धी व्यवस्था संशोधन गर्नु सकारात्मक भएको प्रतिक्रिया दिनुभयो । कार्यक्रममा बैकर्स सङ्घका अध्यक्ष सुनिल केसीले पछिल्लो समय ऋण ब्याजदर र आधारदर (बेसरेट) घट्दै गएको बताउनुभयो । यद्यपि पछिल्लो समय बैंक तथा वित्तीय संस्थामा खराब कर्जा बढ्दै गएको भने उहाँले स्वीकार्नुभयो ।

    शुक्रबार, मङि्सर १५, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
    कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह
    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
    अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो:

    • ४.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    • ५.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ६.
      दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.