• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
आइतबार, असोज १८, २०८३
☰
आइतबार, असोज १८, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ४. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ५. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ६. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

  • ७. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

  • ८. एनसेलले ल्यायो आईफोन १८ सिरिज खरिदकर्ताका लागि विशेष बन्डल अफर

  • ९. कान्ति राजमार्ग पुनः दुईतर्फी सञ्चालन

  • १०. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

झिझा गाउँ : ‘जहाँ अझै पनि उपेक्षाको भार खेपिरहनुपरेको छ’


  •   बिहिबार, पुष ०५, २०८० मा प्रकाशित
  • जनकपुरधाम ५ पुस 

    Advertisement

    स्थानीय बिल्टु मण्डलले धनुषाको विदेह नगरपालिका–४ स्थित श्री राष्ट्रिय प्राविमा छोरी भर्ना गराउँदा परिवार र गाउँलेले नाइनास्ती गरिरहेका थिए । तर उहाँले कसैको कुरा सुन्नुभएन । नाइनास्तीको कारणचाहिँ के थियो त ? मण्डलले भन्नुभयो, “ बदनामी कमाएको झिझा बस्तीका बालबालिकासँग बसेर किन पढाउनु भनेर नि !”

    समाज र परिवारको भनाइलाई बेवास्ता गर्दै सोही विद्यालयमा भर्ना गरिएकी उहाँकी छोरी अहिले कक्षा ५ मा पढ्दै हुनुहुन्छ । त्यहाँ शिशुदेखि कक्षा ५ सम्म एक सय २४ बालबालिका पठनपाठन गरिरहेका छन् । यसमध्ये चार जनाबाहेक सबै विद्यार्थी स्थानीय पासवान र महरा अर्थात् दलित समुदायका छन् ।

    “परिवार र अरु मान्छेहरूका अनेक बचन सुनियो । तर जमाना बदलिसक्यो । न झिझा झिझाजस्तो छ न त त्यहाँ बस्ने समुदायको अवस्था नै पहिलेजस्तो छ । त्यसो सोचेर भर्ना गरेको अहिले त पछुतो लागिरहेको छ । राम्रो शैक्षिक वातावरणमा पढ्न नपाएर सन्तानको भविष्य पो बिगारिरहेको छु कि…”, मण्डलले संशय व्यक्त गर्नुभयो ।

    उहाँको भनाइ नसकिँदै वीरेन्द्र पासवान थप्नुभयो, “हाम्रो पुर्खाको विगतका कुरा झिकेर अहिले पनि हामीलाई हेयको दृष्टिले हेर्छन् । तर अहिले त हामी आफ्नो क्षमता र सीपअनुसार इलम गरेर खाइरहेका छौँ ।”

    अब छेवैमा बसेर सबैका कुरा सुनिरहनुभएका वडा नं ४ का सदस्यसमेत रहनुभएका विद्यालय व्यवस्थापन समितिका सदस्य मुकेश पासवान पनि खुल्नुभयो । “यो विद्यालय विसं २०१७ मा स्थापना गरिएको हो भनेर कसैले विश्वास गर्ला ? हिजोका सरकारले पनि हामीलाई उपेक्षा ग¥यो । अहिलेका स्थानीय सरकारले पनि हाम्रा बालबालिकामाथि खेलवाड गरिरहेका छन् । कसलाई भन्नु र कति भन्नु यहाँको पीडा !”, उहाँले दुःखेसो पोख्नुभयो ।

    जनकपुरबाट करिब ३० किलोमिटर पूर्व–दक्षिणमा पर्ने झिझा बस्ती कुनै बेला ‘बद्नामी’ गाउँका रूपमा परिचित थियो । गरिबी, अशिक्षा र बेरोजगारीका कारण यस गाउँका पुर्खाले कृषि भन्दा अन्य पेसा बनाएर जीविका चलाउने गरेको चर्चा छ । यो बस्तीबारे कलम चलाउने गरेका पत्रकार शैलेन्द्र महतो लेख्नुहुन्छ, “ …पछिल्लो सयम त्यहाँका बासिन्दाको जीवन निर्वाहको तौरतरिका बदलिएको छ । वैदेशिक रोजगारी, खेतीपाती, ज्याला मजदुरी, विभिन्न पेसा व्यवसाय गरेर खान थालेका छन् ।”

    झिझावासीले सम्मानित जीवनका लागि अन्य पेसा व्यवसाय गर्न थालेको दशकौँ भइसक्दा पनि त्यसको बोझ अर्थात् उपेक्षाको भार अझै पनि बोक्नुपरिरहेको बताउनुहुन्छ मुकेश पनि । यसको उदाहरणका रूपमा श्री राष्ट्रिय प्राविलाई लिन सकिने उहाँको भनाइ छ । “विद्यालयको नाम राष्ट्रिय छ तर न यो हिजो राष्ट्रिय हुनसक्यो न आज । नजिकको सरकार आइसकेपछि स्थानीयसमेत हुनसकेको छैन । कसैले स्वामित्व नै लिँदैनन् । जसले हाम्रा बालबालिकाको गुणस्तरीय आधारभूत शिक्षा पाउने अधिकार पनि खोसिदैछ”, उहाँले भन्नुभयो ।

    यस क्षेत्रकै पुराना सरकारी विद्यालयमध्येको एक राष्ट्रिय प्राविमा विसं २०१७ मा स्थापित भएको हो । तर विद्यालयले अहिलेसम्म कागजमा बाहेक आफ्नो पहिचान झल्किने बोर्डसमेत पाएको छैन । एक बिघा १७ कठ्ठा जग्गा उपभोग गरिरहेको यो विद्यालयको नाममा त्यो जग्गा पनि छैन । यहाँ रहेका दुई–दुईकोठे तीन भवन पनि गैरसरकारी संस्थाले बनाइदिएका हुन् । तीमध्ये एउटा भवन प्रयोग नहुँदै जीर्ण भइसकेको छ ।

    तत्कालीन पञ्चायती, बहुदलीय व्यवस्थादेखि अहिले सङ्घीय गणतान्त्रिक व्यवस्थानुसार बनेका कुनै पनि सरकारले विद्यालयको पहिचान, शिक्षक र पूर्वाधारको व्यवस्थाका लागि चासो नदिँदा आफूहरूलाई थप अपमानित महसुस हुने गरेको अधिकांश अभिभावकहरूले बताउने गरेका छन् ।

    अभिभावक वीरेन्द्र पासवान पुर्खा र आफ्नो पुस्ताको जीवन जेनतेन चले पनि घरआँगनमै गुणस्तरीय शिक्षा दिएर नयाँ पुस्ताको सुन्दर भविष्य बनाउने सपनामाथि समेत खेलवाड भइरहेको देखेर मन खिन्न हुने गरेको बताउनुहुन्छ । “सबैले निजी स्कुलमा पढाउन सक्दैनन् । यहाँ पढ्नेको अवस्था तपाईँहरूले पनि देखिसक्नुभयो । यस्तो शिक्षाले हाम्रो बालबालिकालाई कहाँ पुर्याउँला ? यस विषयमा हामीले मात्रै बोलेर भएन, अब तपाईँहरूले पनि बोलिदिनुपर्यो”, उहाँले आग्रह गर्नुभयो ।

    विगत १३ वर्षदेखि यही विद्यालयमा राहत शिक्षक जयप्रकाश पासवानले स्थानीय अभिभावक, व्यवस्थापन समिति र आफूहरूले प्रयास गर्दा पनि पूर्वाधार विकास तथा शिक्षकको व्यवस्थापन गर्न नसकिएको बताउनुभयो ।

    “शिक्षक नै बस्न नमान्ने समस्या पटक–पटक आइसक्यो । विगत एक वर्षदेखि दुई जनाले रेखदेख गरिरहेका छौँ । अहिले त हामीले गोठालाको जस्तै रेखदेखमात्रै गर्ने हो । त्यसबाहेक दुई जनाले के नै गर्न सकिन्छ र ! नजिकै पोखरी छ । वर्षात्मा वरिपरि डुबान हुन्छ । पर्खाल छैन । यो कुरा स्थानीय सरकार र सरोकारवालालाई पटक–पटक जानकारी गराइसकेका छौँ । तर आश्वासनबाहेक कुनै सुनुवाइ भएको छैन”, उहाँले भन्नुभयो ।

    प्रधानाध्यापक भोगेन्द्र महरानले (यादव) विद्यालयमा भौतिक पूर्वाधार र शिक्षकको व्यवस्थापन नहुँदा पठनपाठनमै समस्या भइरहेको बताउनुभयो । “विसं २०७६ म यहाँ आउँदा पनि एक जनामात्रै शिक्षक हुनुहुन्थ्यो । पछि धेरै गुनासो गरेपछि तीन राहत शिक्षक पठाइएको पनि हो । तर फेरि हामीलाई नसोधेरै अन्त पठाइयो”, उहाँले भन्नुभयो, “त्यस बीचमा हामीले गरेको मेहनत पनि खेर जान थालिसक्यो । विद्यार्थी घटिरहेका छन् । तर समस्या समाधान हुन्छ भनेर सम्झाइरहेका छौँ । खै, कहिले पो समस्या समाधान होला ।”

    विद्यालयमा चार जनाको कुल दरबन्दी छ । सो दरबन्दीमा दुईजना शिक्षक छन् भने शिशु कक्षाका लागि एकजना शिक्षिकाको व्यवस्था गरिएको छ । अहिले दुई जनामात्रै शिक्षक हुँदा कक्षा १ देखि ५ सम्मका विद्यार्थीलाई दुई समूहमा राखेर एकैसाथ पढाउने गरिएको छ । पछिल्लो एक वर्षदेखि विद्यालय र नगरपालिकाबीच कुरा नमिलेर खाजा पनि रोकिएको छ ।

    तीनै तहका सरकारमात्रै होइन, यहाँबाट निर्वाचित सांसदहरूले पनि विद्यालयको विकासमा कुनै चासो नदेखाएको गुनासो छ । “अघिल्लोपटक एउटा सांसदलाई विद्यालयमा घेरा पर्खाल लगाउन र अत्यावश्यक काममा संसद् विकास कोषको रकम दिन आग्रह गर्यौँ । उल्टै उहाँले विद्यालय छेउमै रु २५ लाख मन्दिर निर्माणमा र रु १५ लाख पोखरीको घाट बनाउनमा खर्चिनुभयो”, स्थानीयवासीले एकै स्वरमा जवाफ सुनाउनुभयो ।

    वडा नं ४ का अध्यक्ष वाजिब प्रमानीले शिक्षक व्यवस्थापनका लागि पटक–पटक कुरा गर्दा पनि अहिलेसम्म सुनुवाइ नभएको उल्टै राहत दरबन्दीका दुई शिक्षकलाई पनि नगरले अर्को विद्यालयमा काजमा पठाएको बताउनुभयो ।

    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्र पासवानले विद्यालय सुधारका लागि नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृतलगायत सरोकारवालासँग छलफल गरेर समस्या समाधानको प्रयास भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “विद्यालय व्यवस्थापन समिति नहुँदा समस्या समाधानका लागि काम गर्न नसकिएको भन्ने गरिएको थियो । अहिले मेरो नेतृत्वमा समिति बनेपछि छलफल हुँदा नगरपालिकाबाट घेरा पर्खाल, भवन निर्माण र शिक्षक व्यवस्थापनको आश्वासन पाइएको छ । हेरौँ के–के हुन्छ ।”

    यो बस्तीमा ८७ घर पासवान र २० घर महरा समुदायका छन् । यसअघि विसं २०३५ तिर यहाँका दुई सयभन्दा बढी पासवान परिवारलाई सर्लाहीको लालबन्दीमा जग्गा दिएर पुनर्बास गराएको थियो । रासस

    बिहिबार, पुष ०५, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
    अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)
    सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ४.
      लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो:

    • ५.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    • ६.
      मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.