• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
सोमबार, असोज १९, २०८३
☰
सोमबार, असोज १९, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ४. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ५. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

  • ६. संघीय संसद्को बैठक बस्दै

  • ७. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

  • ८. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

  • ९. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • १०. एनसेलले ल्यायो आईफोन १८ सिरिज खरिदकर्ताका लागि विशेष बन्डल अफर

पुरैनाताल स्थानीयवासीको अतिक्रमणमा


  •   आइतबार, पुष २२, २०८० मा प्रकाशित
  • कैलाली २२ पुस

    Advertisement

    कैलालीको भजनी नगरपालिका–७ स्थित ऐतिहासिक पुरैनाताल सङ्कटमा पर्दै गएको छ । पछिल्लो समय सो तालक्षेत्र स्थानीयवासीको अतिक्रमणमा परेको छ ।

    तालको पुरानो वस्तुस्थितिलाई ‘डकुमेन्ट्री’मा सुरक्षित राखेका प्रकृति संरक्षणकर्मी विजयराज श्रेष्ठले पुरैनाताल सुदूरपश्चिमकै ऐतिहासिक ताल रहेको बताए । उनले कुनै समय ताल अवलोकनका लागि आन्तरिक तथा बाह्य पर्यटक पुरैनाताल पुग्ने गरे पनि अस्तित्व सङ्कटमा परेपछि तालको इतिहास नै हराउने अवस्थामा पुगेको बताए । “यहाँ बाहै्र महिना सारस पाइन्थ्यो, अन्य प्रजातिका चराले तालको महत्वलाई अझै ऐतिहासिक बनाएको थियो”, उनले भने, “त्यो अवस्थामा देखेको तालको आज अस्तित्व खोज्नुपर्ने बेला आएको छ ।”

    करिब पाँच सय बिघा क्षेत्रफलमा फैलिएको तालमा माछा, घडियाल, गोही लोपोन्मुख जलचर जनावर उदसमेत त्यस तालमा पाइन्थ्यो । जलचर जीव पाइने भएकै कारण त्यहाँ चराको सङ्ख्यामा कहिल्यै कमी आउँदैनथ्यो । “अझै अतिक्रमणमा परेको जग्गा खाली गराएर ताललाई पुनःजीवन दिन सकिने स्थिति छ”, उनले भने, “त्यसलाई पुरानै अवस्थाका फर्काउन सक्यो भने भजनीको मात्रै नभई सिङ्गो सुदूरपश्चिममै पर्यटकका लागि राम्रो गन्तव्य बन्न सक्छ ।”

    बाह्रै महिना विभिन्न प्रजातिका चरा पाउने उक्त ताल पर्यटकीय हिसाबले निकै महत्त्वपूर्ण भए पनि २०६४÷०६५ सालमा कान्द्रा नदीमा आएको बाढीले पुरिएको थियो । ताल पुरिएपछि आसपासमा जग्गा भएका जग्गाधनीले ताल अतिक्रमण गर्दै उपभोग गर्न थालेका बताइएको छ । स्थानीयको अतिक्रमणमा परेको ताललाई पुनःजीवन दिन धेरै प्रयास भएका छन् । नगरपालिकाले यसभन्दा पहिले तालको जग्गा खाली गर्न ३५ दिने सूचना जारी गरेको थियो । सूचनाको म्याद सकिए पनि अतिक्रमणमा परेको जग्गा भने खाली हुनसकेको छैन ।

    ताललाई पुनःसंरक्षण गरेर पुरानै अवस्थामा फर्काउँदा भजनी क्षेत्रको सम्भावना बढ्ने स्थानीय वीरबहादुर हमालले बताए । “स्थानीय सरकारले चासोका साथ काम गर्न सक्यो भने स्थानीयलाई जग्गा छोड्न गाह्रो छैन । बरु उहाँहरूलाई जनचेतना फैलाउनुपर्ला”, उनले भने, “भजनीको ऐतिहासिक महत्व बोकेको पुरैनामात्रै नभई अन्य तालको पनि संरक्षण आवश्यक देखिएको छ ।”

    अतिक्रमणमा परेको तालको जग्गा खाली गराउन कुनै समस्या नरहेको वडा नं ७ का वडाध्यक्ष अमर कठरियाले बताए । उनका अनुसार तालको उत्खननका लागि आवश्यक बजेट अभावका कारण ताललाई पुरानै अवस्थामा फर्काउन सकिएको छैन । “स्थानीय जग्गा छाड्न तयार छन् । बर्सेनि बाली लगाउँदा उहाँहरू नगरपालिकालाई पर्खेर अन्तिममा बाली लगाउँछन्”, उनले भने, “समस्या बजेटको हो, बजेट भयो भने ताललाई पुनःजीवन दिन कुनै समस्या छैन ।” उनले तालको जग्गा अतिक्रमण गर्ने ब्यक्ति त्यस आसपासका भएको जनाउँदै स्थानीयका कारण तालको संरक्षणमा समस्या भएको भन्नू गलत भएको बताए ।

    विसं २०३६ को नापीले त्यस क्षेत्रमा ६० घरधुरीले प्रतिघरधुरी आठ कठ्ठाका दरले जग्गा प्राप्त गरेका थिए । आज तिनै व्यक्तिबाट त्यो ताल अतिक्रमणमा परेको वडाध्यक्ष कठरियाको भनाइ छ । त्यसबेलाको भूमि आयोगले सुकुम्बासीलाई उपलब्ध गराएको जग्गाको पनि हालसम्म धनीपुर्जा छैन । उनीहरूले भोगचलन भने गर्दै आएका छन् । ताल निर्माणका लागि केही वर्ष पहिले तराई भूपरिधि कार्यक्रमले चासो दिएको भए पनि त्यो सफल नभएको वडाध्यक्ष कठरियाको भनाइ छ । पुरैना तालसँग जोडिएको बञ्जरिया ताल रहेको छ । यो तालले नेपाल–भारत सीमाको काम गरेको छ । ताल भारतको दुधुवा राष्ट्रिय निकुञ्जसँग जोडिएकाले त्यसलाई फरकरूपमा हेर्ने गरिएको स्थानीय खोजराम चौधरी बताउछन् ।

    तालको उत्खनन गरेर मानव निर्मित ताल निर्माणका लागि नगरपालिकाले प्रक्रिया अगाडि बढाइसकेको नगरप्रमुख केवल चौधरी बताउछन् । उनका अनुसार ताल क्षेत्रको नापजाँचको काम सुरु गर्ने तयारीमा नगरपालिका छ । “हामीले जसरी पनि पुरैनातालको अस्तित्व जोगाउनुपर्छ भनेर लागेका छौँ त्यसमा हामी सफल हुन्छौँ”, उनले भने, “अब समस्या बजेटको छ । प्रदेश र सङ्घ सरकारले सहयोग गर्न सक्यो भने पुरैनाताललाई पुनःजीवन दिन समय लाग्ने छैन ।” उहाँका अनुसार तालको विस्तृत आयोजना प्रतिवेदन नगरपालिकाले बनाइसकेको छ ।

    उसो त भजनी नगरपालिकाको आन्तरिक स्रोतको प्रमुख आधार नै तालतलैया हुन । नगरपालिका क्षेत्रभित्र करिब २५ देखि ३० तालतलैया छन् । बर्सेनि नगरपालिकाले ती ताल ठेक्कामा दिने गरेको छ । ठेक्काबाट आएको रकमले नगरपालिकाको आन्तरिक स्रोत चल्छ । ठेकेदारले माछापालनका लागि ताल ठेक्कामा लिने गरेका छन् । नगरपालिकाले नदी तथा तालबाट रु चार करोडभन्दा बढी रकम ठेकेदारबाट उठाउनै बाँकी छ । विसं २०७४ पछि नगरपालिकाले विभिन्न समयमा ठेक्कामार्फत सञ्चालन गर्न जिम्मा दिएका तालतलैयाको बक्यौता रकम तिर्नका लागि पटकपटक लिखित तथा मौलिक आग्रह गर्दा पनि राजनीतिक आडमा ठेकेदारले कबोल गरेको रकम नतिरेको गुनासो नगरप्रमुख चौधरीले गरेका छन् ।

    आइतबार, पुष २२, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
    अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)
    सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ४.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    • ५.
      राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र

    • ६.
      संघीय संसद्को बैठक बस्दै

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.