चितवन २३ पुस
चितवनमा बोराभित्र शव फेला परेका पुरूष र महिलाको पहिचान खुलेको छ।मंसिर ६ गते भरतपुर महानगरपालिका वडा नम्बर १२ मिलनचोकस्थित पूर्वपश्चिम लोकमार्गको गोन्द्राण केन्द्रीय बस टर्मिनल सडकखण्डको कल्भर्टमुनि फेला परेका पुरूष र महिलाको सनाखत भएको हो।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार हत्या गरेर बोरामा शव पोको पारेर फालिएका पुरुष र महिला दुवै भारतीय नागरिक हुन् । उनीहरुको हत्या पनि भारतीय नागरिकले नै गरेको चितवन प्रहरीले जनाएको छ ।उनीहरुको हात, खुट्टा र घाँटी डोरीले बाँधेर हत्या गरी कल्भर्ट मुनि फालिएको अवस्थामा शव भेटिएको थियो ।
लामो समयसम्म पनि पहिचान नखुलेपछि प्रहरीले उनीहरूको स्केच पनि बनाएर सार्वजनिक गरेको थियो।




