काठमाडौं २४ साउन
पूर्वकप्तान विराट कोहलीलाई समेट्दै साविक विजेता भारतले एसिया कप क्रिकेटका लागि टोली घोषणा गरेको छ।सोमबार भारतले रोहित शर्माको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो।
टोलीमा कोहलीसँगै केएल राहुलसमेत फर्किएका छन्। एसिया कप अगस्ट २७ बाट सुरू हुँदैछ। भारत समूह ‘ए’ मा रहेको छ। यस समूहमा भारतसँगै पाकिस्तान र छनोटबाट आउने कुवेत, हङकङ, सिंगापुर र कुवेतमध्ये एक टोली रहने छन्।
प्रतियोगितामा ६ टोली सहभागी हुँदैछन्। एसीसीले सहभागी ६ टोलीलाई दुई समूहमा विभाजन गर्दै खेल तालिका सार्वजनिक गरेको हो।समूह ‘बी’ श्रीलंका, बंगलादेश र अफगानिस्तान रहेको छ। टी-२० फर्म्याटको प्रतियोगितामा समूहको शीर्ष दुई टोलीले सुपर चारमा स्थान बनाउने छन्। सुपर चारमा एकअर्काविरुद्ध खेल्ने छन्। त्यसपछि शीर्ष दुई टोलीले फाइनल खेल्नेछ ।
प्रतियोगिताको उद्घाटनमा श्रीलंका र अफगानिस्तानबीच अगस्ट २७ मा प्रतिस्पर्धा हुनेछ।




