काठमाडौं २४ साउन
प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता गरेको छ ।दल दर्ताको लागि एमाले नेताहरु महासचिव शंकर पारखेल र उपमहासचिव प्रदीप ज्ञवालीको नेतृत्वमा आयोगको कार्यालयमा पुगेका थिए ।
एमाले पनि आज आयोगमा नयाँ दर्ता भएसँगै निर्वाचन प्रयोजनाको लागि अहिलेसम्म दर्ता हुने दलको संख्या १० पुगेको जनाईएको छ ।
यसअघि सिके राउत नेतृत्वको जनमत पार्टी, मौलिक जरोकिलो पार्टी, नेपाल समावेशी पार्टी, हाम्रो नेपाली पार्टी, पुनर्जागरण पार्टी नेपाल, जनता प्रगतिशील पार्टी नेपाल, राष्ट्रिय विकास पार्टी, नेकपा माओवादी समाजवादी, राष्ट्रिय नागरिक पार्टी आयोगमा दर्ता भइसकेका छन् । यस पटक जनमत पार्टी आयोगमा दर्ता हुने पहिलो दल रहेको छ ।




