• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
आइतबार, असोज १८, २०८३
☰
आइतबार, असोज १८, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ४. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ५. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ६. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

  • ७. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

  • ८. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

  • ९. अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

  • १०. कान्ति राजमार्ग पुनः दुईतर्फी सञ्चालन

तेह्र वर्षीय बालकको कला : दिनमा विद्यालय, बिदामा दोहोरी साँझ


  •   बिहिबार, चैत ०१, २०८० मा प्रकाशित
  • तनहुँ १ चैत 

    Advertisement

    माध्यमिक तहमा पढ्ने विद्यार्थीले आफूलाई आवश्यक कापी, कलमलगायत अतिरिक्त शुल्कको व्यवस्था गर्न अभिभावकको भर पर्ने कुरा सामान्य नै हो । व्यास नगरपालिका–२ दमौलीस्थित बालमन्दिर माध्यमिक विद्यालयको कक्षा ६ मा पढ्ने १३ वर्षीय शिवशङ्कर बुढाले भने अतिरिक्त समयमा दोहोरी साँझमा मादल बजाएरै शिक्षण सामग्रीमात्र नभई घरखर्चको प्रबन्धसमेत गर्दै आउनुभएको छ ।

    आफ्ना बुवा कलाकार ४२ वर्षीय विश्व बुढामार्फत दुई वर्षअघि मादल बजाउने सीप सिकेपछि हिजोआज शिवशङ्करको अतिरिक्त समय व्यास–२ दमौलीस्थित मादिसेती दोहोरीसाँझमा मादल बजाएर बित्ने गर्दछ । व्यास–१४ केशवटार घर भई हाल व्यास–३ देउरालीनगरमा बस्दै आउनुभएका शिवशङ्करले पढाइका अलावा अतिरिक्त समयमा मनोरञ्जनका लागि आफूले दोहोरी साँझमा दैनिक करिब एक घण्टा मादल बजाएर पढाइ र घरखर्चको जोहो गर्दै आएको बताउनुभयो ।

    “विद्यालयको गृहकार्य सकिएपछि घरमा त्यसै बस्नुभन्दा थप सीप आर्जन गर्न कहिलेकाहीँ दोहोरी साँझमा मादल बजाउनसमेत जाने गर्दछु, बिदाको समय मिलाएर बुवासँग दैनिक एक घण्टा जति मादल बजाएर थप सीप आर्जन गरेको छु”, शिवशङ्करले भन्नुभयो, “बुवासँगै मादल बजाउने गर्दा थप सीप निखार्न मात्र नभई महिनाको रु १२–१४ हजार कमाउने गर्दै आएको छु ।”

    दोहोरी साँझमा आउने ग्राहकले समेत आफ्नो प्रतिभा देखेपछि पुरस्कारस्वरुप हातमा रकम थमाउने गर्दा झनै हौसला मिल्ने गरेको शिवशङ्करको भनाइ छ । भविष्यमा आफू मादललगायत गीतसङ्गीतको क्षेत्रमा सक्रियरूपमा लाग्ने सोच बनाएको शिवशङ्करले बताउनुभयो ।

    उक्त दोहोरी साँझमा सांस्कृतिक संयोजकसमेत रहनुभएका कलाकार विश्व बुढासँग बिदा र अतिरिक्त समयमा छोरा शिवशङ्करले बजाएको मादल दोहोरी साँझका ग्राहकले निकै मन पराउने गरेको दोहोरी साँझका सञ्चालक शुुभद्रा श्रेष्ठले बताउनुभयो ।

    “बिदाको समयमा बुवासँगै साथ लागेर आउनुहुने शिवशङ्करले मादल बजाएको देख्दा सबै चकित पर्नुहुन्छ, थप सीप सिक्ने अवसरका रूपमा शिवशङ्करलाई सकारात्मक वातावरण बनाएको छ”, उहाँले भन्नुभयो, “शिवशङ्करले बजाएको देख्दा परिपक्व मादल बादकले बजाएको जस्तो महसुस हुने गर्छ ।”

    आफूले मादल बजाएको देखेर छोराले समेत सिक्ने इच्छा व्यक्त गरेपछि बिदाको समय पारेर आफूसँगै दोहोरी साँझ र मेला महोत्सवमा समेत प्रयोगात्मक सीप सिकाउन लैजाने गरेको शिवशङ्करका बुवा विश्वले बताउनुभयो । दमौलीमा फागुन २५ गतेदेखि तीन दिनसम्म जारी महिला उद्यमी व्यापार प्रदर्शन एवं प्रवर्द्धन मेलामा बिदाको समय पारेर शिवशङ्करले मादल बजाएर सबैको मन जितेको उहाँ बताउनुहुन्छ ।

    शिवशङ्करले ख्याली, झ्याउरे, टप्पा, रोइला, कौराह, सालैजो, सवला, मारुनी, सुगम सङ्गीत र अविलम विलम तालमा मादल बजाउन सिकेको बुवा विश्वको भनाइ छ । बालअधिकार हनन नहोस् भन्नेतर्फ आफू सचेत रहेकाले बिदाको भन्दा अन्य समयमा छोरा शिवशङ्करलाई पढाइमा नै केन्द्रित गराएको बुवा विश्वले बताउनुभयो ।

    “यो तालमा यसरी बजाउने भनेपछि छोराले सजिलै टिप्छ, उनको मादल बजाउने र सिक्ने क्षमता देखेर म पनि छक्क परेको छु”, मादलबादक विश्वले भन्नुभयो, “बिदाको दिन पारेर मादल बजाउन छोरालाई मसँगै दोहोरी साँझमा लैजाने गरेको छु, त्यसले गर्दा छोराको सीप विकाससँगै केही गर्न सक्छु भन्ने आत्मविश्वाससमेत बढेको मैले पाएको छु ।”

    पढाइमा समेत अभिरुचि राख्ने शिवशङ्करले विद्यालयमा आयोजना हुने हरेक सांस्कृतिक कार्यक्रममा निकै राम्रो मादल बजाएर सबैको मन जित्ने गर्दै आएको विद्यालयका प्रधानाध्यापक राजेन्द्रप्रसाद खनालले जानकारी दिनुभयो । बुवा विश्व उक्त विद्यालयको कक्षा १२ का र छोरा शिवशङ्कर कक्षा ७ का विद्यार्थी भए पनि बाबु र छोराबीच साथीको जस्तो सम्बन्ध रहेको प्रधानाध्यापक खनालले बताउनुभयो ।

    “विद्यालयका हरेक सांस्कृतिक कार्यक्रममा शिवशङ्करले निकै राम्रो मादल बजाउने गर्छन्”, प्रधानाध्यापक खनालले भन्नुभयो, “सैद्धान्तिक मात्र नभई व्यवहारिक शिक्षा अहिलेको आवश्यकता हो भन्ने कुरा अहिले सबैतिर उठेको पाइन्छ, तर यसको ज्वलन्त उदाहरणका रूपमा शिवशङ्करको मादल बजाउने सीपलाई लिन सकिन्छ ।”

    बिहिबार, चैत ०१, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
    अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)
    सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    • ४.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ५.
      लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो:

    • ६.
      राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.