• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
आइतबार, असोज १८, २०८३
☰
आइतबार, असोज १८, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ४. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ५. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ६. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

  • ७. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

  • ८. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

  • ९. भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५४ जनाको शव फेला

  • १०. राष्ट्रपति पौडेलद्वारा संघीय संसद्का दुवै सदनको अधिवेशन अन्त्य

बागलुङको माथिल्लो क्षेत्रमा लालीगुराँससँग रमाउनेको चहलपहल


  •   बुधबार, चैत २१, २०८० मा प्रकाशित
  • ढोरपाटन (बागलुङ)२१ चैत 

    Advertisement

    वसन्त ऋतु सुरु भएसँगै बोटबिरुवामा नयाँ पालुवा पलाउन थालेका छन् । वनजङ्गलमा अनेक थरीका फूल फूलेर ढकमक्क भएका छन् । यतिबेला बागलुङको माथिल्लो क्षेत्रमा लालीगुराँसले वनपाखा रङ्गीचङ्गी बनेका छन् ।

    शीतलता प्रदान गर्ने सिरसिर हावा र मनलाई आनन्दित तुल्याउने चराचुरुङ्गीको आवाजले आगन्तुकलाई निम्तो दिइराखेका छन् । बढ्दो गर्मीका कारण तल्लो क्षेत्रबाट घुमफिरका लागि पहाड घुम्न उक्लने पनि बढ्दै छन् । पछिल्लो केही दिनयता बागलुङको पर्यटकीय क्षेत्र बेलढुङ्गा, पातिहाल्ने, सोलेडाँडालगायत क्षेत्रमा घुम्न आउनेको चहलपहल बढेको छ । लामो समयको खडेरीपछि केही दिनदेखि परेको सिमसिमे वर्षाले गुराँस फूल वनैभरि फुलेका छन् ।

    त्यसले पर्यटकलाई आकर्षित गरिरहेको छ । वनैभरि फूलेका गुराँससँग रम्न तल्लो क्षेत्रबाट लेक उक्लने बढिरहेका छन् । बागलुङ, रोल्पा र रुकुमको सिमानामा रहेको पातिहाल्ने तथा बागलुङ र म्याग्दीको सिमानामा रहेको सोलेडाँडा र बेलढुङ्गामा दैनिक आन्तरिक पर्यटक पुग्ने गरेका छन् । बाह्रै महिना पर्यटकले पुग्ने यी क्षेत्रमा यो बेला अझ बढी आएको स्थानीय बताउँछन् ।

    सडक सञ्जालले गर्दा सहज रुपमा पुग्न सकिने र ती स्थानमा पुगेपछि शीतलासँगै रमाइलो हुने हुँदा धेरैको रोजाइमा जङ्गल क्षेत्रका पर्यटकीयस्थल रोजाइमा परेका हुन् । पातिहाल्ने मध्यपहाडी लोकमार्गमा पर्छभने सोलेडाँडा र बेलढुङ्गा दुवै जिल्लाबाट सडक पुगेको छ । त्यसले पर्यटकलाई सहज बनाइदिएको छ । कतिपय गाडी लिएर त कतिपय पैदल यात्रामार्फत यहाँ घुम्न आउने गरेका छन् ।

    यस वर्ष यी तीनवटै पर्यटकीय क्षेत्रमा पुस र माघमा हिउँ परेको थियो । पुस र माघ महिनामा हिउँ खेल्न नपाएका पर्यटक यतिबेला गुराँस फूलसँग रमिरहेका छन् । पातिहाल्ने र सोलेडाँडा बुर्तिबाङ बजार नजिक पर्छभने बेलढुङ्गा बागलुङबजार नजिकै छ । बजारबाट गाडीमा एक÷डेढ घण्टामै पुग्न सकिने हुँदा धेरै पर्यटक पुग्ने गरेका छन् ।

    निसीखोला गाउँपालिका–६ का ओमबहादुर बुढा मगरले कात्तिकपछि पातिहाल्ने घुम्न आउनेको सङ्ख्या कम भएको भन्दै गुराँस फुल्न थालेपछि बढेको बताउनुभयो । माघ महिनामा हिउँ पर्दा एकै दिन पाँच सय बढी पर्यटक आउने गरेको जनाउँदै त्यसपछि चैत पहिलो सातादेखि बढेको उहाँको भनाइ छ ।

    उहाँले भन्नुभयो, “पहिला–पहिला यहाँ चोरबास, पातिहाल्ने र रिगताल क्षेत्रमा धेरै गुराँस फुल्ने गथ्र्यो तर कोही पनि घुम्न आउँदैन्थे, अहिले मोटरबाटोले गर्दा होला मान्छे नआएको दिनै छैन, दिनदिनै गाडी लिएर घुम्न आउँछन्, घण्टौँसम्म यहीँका डाँडापाखासँग रमाएर जान्थे, हामीहरुलाई पनि नौलो लाग्यो, पहिले हामीहरुले गाईबाख्रा चराउने, घाँस दाउरा गर्ने ठाउँमा अहिले मान्छे आउँदै गुराँस टिप्ने फोटो खिच्ने र रमाउने गर्छन्, यस वर्ष हिउँ परेर होला पहिलेको तुलनामा गुराँस कम फुलेको छ ।”

    पातिहाल्ने समुन्द्री सतहदेखि तीन हजार दुई सय मिटरको उचाइमा छभने सोलेडाँडा दुई हजार छ सय ३० मिटरको उचाइमा छ । बेलढुङ्गा दुई हजार छ सयको उचाइमा पर्छ । उच्च पहाडी क्षेत्रमा रहेका यी पर्यटकीय क्षेत्रमा अन्य समयमा पनि पर्यटक आउने गर्छन् । सोलेडाँडामा बागलुङ र म्याग्दीबाट बढी पर्यटक आउने गरेको स्थानीय रेमबहादुर विकले बताउनुभयो । सोलेडाँडा वरपर लालीगुराँस फुलेर राताम्य बनेको उहाँको भनाइ छ । बिदाका दिन सबैभन्दा बढी पर्यटक आउने गरेको उहाँको भनाइ छ ।

    “हाम्रो पालामा गुराँस फुल्दा त्यत्ति महत्व दिँदैन्थ्यौँ, अहिले त घुम्न आउने मान्छेको भीड लाग्छ, रूखमा चढेर फोटो खिच्छन्, भिडियो बनाउँछन्, साँझ फर्कने बेला टिपेर पनि लैजाने गर्छन्, शनिबारका दिन धेरै आउँछन्”, उहाँले भन्नुभयो, “मान्छेहरु धेरै घुम्न रुचाउन थाले, पाँच÷सात वर्ष पहिले यो ठाउँ सुनसान थियो, अहिले निकै चलहलपहल बढ्यो, लालीगुराँसले पनि पर्यटकलाई आकर्षित ग¥यो, हामी गाउँका मान्छेलाई त्यति महत्व लाग्दैन ।”

    पहाडमा भन्दा तराई क्षेत्रमा अझ बढी गर्मी छ । गर्मी छल्न र लालीगुराँससँग रमाउनका लागि कपिलवस्तुबाट एक साता बिदा लिएर घुम्न आएको विकास गौडेलले बताउनुभयो । करिब १३ वर्षअगाडि अर्घाखाँचीबाट बसाइँसराइ गरी कपिलवस्तु गएको सुनाउँदै यो समयमा पहाडमा गुराँस फुल्ने हुँदा १० जनाको समूह भएर घुम्न आएको उहाँले बताउनुभयो । दुई दिन अर्घाखाँचीमा बिताएको भन्दै तेस्रो दिन मध्यपहाडी लोकमार्ग हुँदै पातिहाल्ने पुगेको उहाँले सुनाउनुभयो । पातिहाल्ने क्षेत्रमा फुलेको लालीगुराँसले आफूहरुलाई लोभ्याएको उहाँको भनाइ छ ।

    गौडेलले भन्नुभयो, “यो बेला पहाडमा यात्रा गर्न निकै रमाइलो हुन्छ, वनपाखामा रङ्गीचङ्गी फूलहरु फुलेका हुन्छन्, तराईमा जस्तो गर्मी हुँदैन, सिरसिर हावा चलिराख्दा गर्मीयाम अवधिभर यतै बसौँजस्तो लाग्छ, खर्बाङदेखि लोकमार्ग हुँदै आएका हौँ, निसीखोलाको माथि–माथि त निकै धेरै गुराँस फुलेका रहेछन्, रातमा पनि यतै बसौँ बसौँ भयो, अब गलकोटको टेउवामा रहेको मूर्तिकला अवलोकन गरे फर्किने योजना छ ।”

    रासस

    बुधबार, चैत २१, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
    अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)
    सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ४.
      लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो:

    • ५.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    • ६.
      दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.