• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
सोमबार, असोज १९, २०८३
☰
सोमबार, असोज १९, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ४. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ५. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

  • ६. संघीय संसद्को बैठक बस्दै

  • ७. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

  • ८. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

  • ९. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • १०. एनसेलले ल्यायो आईफोन १८ सिरिज खरिदकर्ताका लागि विशेष बन्डल अफर

प्रचण्ड गर्मीका बीच भारतमा दोस्रो चरणको मतदान सुरु


  •   शुक्रबार, बैशाख १४, २०८१ मा प्रकाशित
  • मथुरा (भारत) १४ वैशाख 
    भारतमा छ साता लामो चुनावी अभियान शुक्रबार पुनः सुरु भएको छ । प्रचण्ड गर्मीबाट प्रभावित मुलुकका केही भागमा लाखौँ मतदाता मतदान केन्द्रहरूबाहिर लाइनमा उभिएका थिए ।

    Advertisement

    जुनको प्रारम्भमा सम्पन्न हुने निर्वाचनमा प्रधानमन्त्री नरेन्द्र मोदीले तेस्रो कार्यकाल जित्ने अपेक्षा गरिएको छ । यद्यपि गत साताको पहिलो चरणको मतदानमा सन् २०१९ को पछिल्लो निर्वाचनभन्दा करिब चार अङ्क झरेर ६६ प्रतिशत मत खसेको छ । भारतीय मिडिया आउटलेटहरूले औसतभन्दा धेरै तापक्रमका कारण कम मतदान भएको अनुमान गरेका थिए ।

    मतदान पुनः सुरु हुनुभन्दा केही समयअघि प्रधानमन्त्री मोदीले सामाजिक सञ्जालमा जनतासँग गर्मी भए पनि ‘कीर्तिमानी सङ्ख्या’ मा मतदान गर्न आग्रह गर्नुभयो । सामाजिक सञ्जाल प्लेटफर्म एक्समा उहाँले लेख्नुभएको छ, “उच्च मतदानले हाम्रो लोकतन्त्रलाई बलियो बनाउँछ, तपाईंको मत तपाईंको आवाज हो ।”

    विश्वको सबैभन्दा धेरै जनसङ्ख्या भएको भारतमा निर्वाचन गराउने ठूलो बोझ कम गर्न चरणबद्ध मतदानअन्तर्गत दोस्रो चरणको मतदान सुरु भएको हो । दोस्रो चरणको मतदानमा यो साता ४० डिग्रीभन्दा माथि तापक्रम रहेका जिल्लाहरू समावेश छन् । भारतको मौसम ब्युरोले सप्ताहन्तसम्म धेरै राज्यमा भीषण गर्मीको अवस्था जारी रहने बिहीबार बताएको छ ।

    दोस्रो चरणको मतदानमा पूर्वी राज्य बिहारका केही भाग समावेश छन् । यहाँ पाँच जिल्लामा शुक्रबार मतदान हुँदैछ । यहाँ यो साता मौसमी औसतको तुलनामा पाँच दशमलव एक डिग्री सेल्सियसभन्दा धेरै तापक्रम रेकर्ड गरिएको छ ।

    दक्षिणमा कर्नाटक राज्य र भारतको सबैभन्दा धेरै जनसङ्ख्या भएको राज्य तथा हिन्दू आस्थाको केन्द्र उत्तर प्रदेशका केही भागमा पनि गर्मीको लहरको सामना गर्दै मतदान गर्ने तालिका रहेको छ ।

    यसै साताको प्रारम्भमा भारतको निर्वाचन आयोगले प्रत्येक चरणको मतदानअघि गर्मीको लहर र आद्र्रताको प्रभावको समीक्षा गर्नका लागि कार्यदल गठन गरेको बताएको थियो । द हिन्दू अखबारले प्रचण्ड गर्मीका कारण ‘मतदान प्रतिशतमा गिरावट आउन सक्छ’ भन्ने चिन्ताका कारण यस्तो निर्णय लिइएको हुनसक्ने बताएको छ ।

    सोमबार एक विज्ञप्तिमा आयोगले शुक्रबारको मतदानमा तातो तापक्रमको प्रभावका बारेमा ‘कुनै ठूलो चिन्ता नभएको’ बताएको थियो । तर मौसमको रिपोर्टहरूलाई नजिकबाट अनुगमन गरिरहेको र ‘मतदान कर्मचारीका साथै मतदाताहरूको आराम र कल्याण’ सुनिश्चित गर्ने विज्ञप्तिमा उल्लेख छ ।

    यस साता दक्षिण र दक्षिणपूर्वी एसियाका केही भागमा असाधारण तातो मौसमले असर पुर्याएको छ । अत्यधिक गर्मीका कारण फिलिपिन्स र बङ्गलादेशमा विद्यालयहरू बन्द गरिएको छ ।

    भारतमा महाराष्ट्र राज्यमा प्रधानमन्त्री मोदीको र्यालीमा सडकमन्त्री नितिन गडकरी बेहोस हुँदा बुधबार गर्मीका कारण चुनावी प्रचारप्रसारलाई बाधा पुर्याएको थियो । घटनाको फुटेजमा मन्त्री बेहोस हुँदै गरेको र सञ्चालकहरूले उहाँलाई मञ्चबाट बाहिर लैजाँदै गरेको देखाइएको छ । पछि उहाँले गर्मीका कारण आफू बेहोस भएको बताउनुभयो ।

    जलवायु परिवर्तनका कारण गर्मीको लहर लामो, अधिक लगातार र अधिक तीव्र हुँदै गरेको वर्षौंको वैज्ञानिक अनुसन्धानबाट पत्ता लागेको छ ।

    जनादेश खोज्दै गान्धी

    भारतको प्रमुख विपक्षी कांग्रेस पार्टीका नेता राहुल गान्धीको निर्वाचन क्षेत्रमा पनि शुक्रबार मतदान हुँदैछ । मोदीको भारतीय जनता पार्टी (भाजपा) का विरोधीहरूको गढ रहेको दक्षिणी राज्य केरलमा आफ्नो सिट कायम राख्न ५३ वर्षीय गान्धी लडिरहनुभएको छ ।

    “संविधानको सिपाही बन्नु, आफ्नो घरबाट बाहिर निस्कनु र लोकतन्त्रको रक्षाका लागि मतदान गर्नु प्रत्येक नागरिकको कर्तव्य हो”, उहाँले सामाजिक सञ्जाल एक्समा लेख्नुभएको छ ।

    गान्धी पूर्वप्रधानमन्त्रीहरूको छोरा, नाति र पनाति हुनुहुन्छ तर उहाँको कांग्रेस पार्टीले पछिल्ला दुई आम निर्वाचनमा मोदीविरुद्ध भारी पराजय भोगेको छ ।

    भारतमा मतदानमा भाग लिन ९६ करोड ८० लाखभन्दा बढी मतदाता योग्य छन् । अन्तिम चरणको मतदान जुन १ मा हुनेछ र त्यसको तीन दिनपछि नतिजा आउने अपेक्षा गरिएको छ ।

    शुक्रबार, बैशाख १४, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
    अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)
    सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ४.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    • ५.
      राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र

    • ६.
      संघीय संसद्को बैठक बस्दै

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.