काठमाडौँ २ जेठ
क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको अन्तिम फैसला बुधबार सार्वजनिक गर्ने तयारी गरिएको छ ।
यसैबीच, उच्च अदालत पाटनको सुरक्षा व्यवस्था कडा पारिएको छ ।सम्बन्धित व्यक्तिबाहेक अन्यलाई अदालत मार्गमा समेत प्रवेश निषेध गरिएको छ भने भिडभाड गर्न रोक लगाइएको छ ।
अदालतमा मंगलबारदेखि सुरु भएको बहस बुधबार पनि हेर्दाहेर्दैमा रहेको छ । न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासमा अहिले मुद्दा सुनुवाइ जारी छ ।




