• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
आइतबार, असोज १८, २०८३
☰
आइतबार, असोज १८, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ४. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ५. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ६. एनसेलले ल्यायो आईफोन १८ सिरिज खरिदकर्ताका लागि विशेष बन्डल अफर

  • ७. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

  • ८. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

  • ९. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

  • १०. कान्ति राजमार्ग पुनः दुईतर्फी सञ्चालन

धानबालीमा पर्याप्त मल नपाउँदा उत्पादनमा समस्या, किसान चिन्तित


  •   आइतबार, भदौ ०५, २०७९ मा प्रकाशित
  • काठमाडौँ ५ भदौ 

    Advertisement

    रामपुर नगरपालिका–५ सुन्दरटोल बस्ने सरस्वती सोमैले करिब नौ घण्टा लाइनमा बसेर १० किलो मल ल्याउनुभयो । रामपुर बेझाडमा रहेको सूर्योदय कृषि सहकारी संस्थामार्फत हालसालै वितरण गरिएको युरिया मल उहाँको धानबालीमा राख्न पर्याप्त छैन । तैपनि मलको हाहाकारले चर्को घाममा लामो समय लाइनमा बसेर मल पाउँदा भने उहाँ खुसी हुनुहुन्छ ।

    “बिहान ६ बजेदेखि दिउँसो तीनबजेसम्म चर्को घाममा लाइनमा बसेर निकै दुःखका साथ १० किलो मल पाइयो, त्यही भए पनि गोडमेल गरेको धानमा राख्न पाउँदा अभावकाबीच खुसी नै हुनुपर्ने अवस्था सिर्जना भयो”, उहाँले भन्नुभयो ।

    खेत रोप्ने बेलामा युरिया मलको समस्याले कालोबजारीमा खरिद गरेर प्रयोग गर्न बाध्य भएको उहाँ बताउनुहुन्छ । कालोबजारीको मल सहकारीमार्फत उपलब्ध हुने मलको तुलनामा कृषकले दोब्बर बढी मूल्य तिरेर खरिद गर्नुपरेको छ । महँगो शुल्क तिरेर कालोबजारीकै मल पाउन त्यति सहज नभएको उहाँको भनाइ छ ।

    उहाँ भन्नुहुन्छ, “हामी कृषक मारमा परिरहेका छौँ, एकातिर समयमा मल नपाइनु, अर्कोतिर कालोबजारीमा चर्को मूल्यमा मल खरिद गर्नुपर्ने अवस्था कृषकलाई छ, मल नपाइने समस्या बर्सेनि खेप्नु परिरहेको छ ।”

    रामपुरकै बुद्धिमान बोटेले करिब १० घण्टा लाइन बसेर मुस्किलले सहकारीमार्फत १० किलो मल पाउनुभयो । सो मल उहाँको धानबालीलाई पर्याप्त छैन । धान रोप्ने समयमा आवश्यकताअनुसार राख्न नपाएकाले मेहनत र लगानीअनुसार उत्पादन लिन नसकिनेमा उहाँ चिन्तित हुनुहुन्छ ।

    “वर्ष दिन खाने खेती दुःख गरेर लगाइयो, राम्रोसँग मल दिन सकियो भनेमात्र उत्पादन राम्रो हुने हो, धान लगाउने बेला समस्या भए पनि गोडमेल गर्ने समयमा मल सहज हुन्छ भन्ने आशामा बसियो, अझै समस्या उस्तै छ”, उहाँले भन्नुभयो ।

    केही कृषकले मल अभावका बाबजुद धान लगाए । गोडमेल गर्ने समयमा मल भित्रन्छ भन्ने आशाले धान लगाएका कृषक अहिले मल नपाउँदा उत्पादन लिन नसक्ने चिन्ताले पिरोलिएका छन् । खेतमा लगाएका धानबाली सप्रन सकेका छैनन् ।

    सरकारले हरेक वर्ष कृषि उत्पादन वृद्धिका लागि प्राथमिकताका साथ हेर्दै आएको बताउँदै आएको छ । कृषक भने मुख्यबाली धानका लागि रासायनिक मल अभावबाट मुक्त हुन सकिरहेका छैनन् । मागअनुसारको मल आपूर्ति नहुँदा खेतीपातीका लागि खेतबारीमा व्यस्त हुनुपर्ने समयमा पाल्पाका किसान डिपो र वितरण केन्द्र दैनिक धाउन बाध्य छन् ।

    कृषि सामग्री कम्पनीबाट कोटामा उपलब्ध भएको मल पाउन घण्टौँ लाइनमा बस्न बाध्य छन् । कम्पनीमार्फत सीमितमात्रामा आउने मल लिन कृषक दैनिकजसो आउने गरेको विजयपुर कृषि सहकारीका अध्यक्ष ओमप्रकाश रेग्मी बताउनुहुन्छ । माथिल्लो निकायबाटै मल नभित्रिँदा कृषकलाई रित्तो हात फर्काउन बाध्य भएको उहाँको भनाइ छ ।

    पाल्पाका लागि आएको मल कृषि सामग्री कम्पनी जिल्ला शाखाले कृषियोग्य भूमिको क्षेत्रफलका आधारमा स्थानीय तहलाई कोटाअनुसार वितरण गरिरहेको छ । स्थानीय तहले सहकारीमार्फत मल वितरण गरिरहेको छ । तर मागअनुसारको मल वितरण नहुँदा सहकारीलाई वितरण गर्न हम्मेहम्मे परेको छ ।

    समानुपातिकरुपमा मल वितरण गर्न भिडभाड भएपछि केही दिनअघि सूर्योदय कृषि सहकारी संस्थाले प्रहरीको सहयोगमा प्रतिव्यक्ति १०-१० किलोको दरले युरिया मल वितरण गरेको कार्यवाहक अध्यक्ष मित्रलाल गौतम बताउनुहुन्छ ।

    रामपुरमा विगतमा दुई हजार मेट्रिकटन रासायनिक मल जिल्लामा खपत हुने गरे पनि यस वर्ष हालसम्म दुई सय ५० मेट्रिकटन मात्र मल उपलब्ध भएको कृषि सामग्री कम्पनी लिमिटेड पाल्पा शाखाले जनाएको छ । कृषि ज्ञान केन्द्रका अनुसार रामपुर, माडी, अर्गली, हेक्लाङ, पूर्वखोला, दोभान, झडेवालगायत जिल्लाको विभिन्न स्थानमा गरी आठ हजार दुई सय १० हेक्टर क्षेत्रफलमा यस वर्ष धान लगाइएको छ । जिल्लामा छ महिनादेखि मलको अभाव सिर्जना भएको छ । धानबाली मात्र नभई मकै, तरकारी, फलफूलबालीमा समेत उचित समयमा युरिया मल दिन नसक्दा मेहनत र लगानीअनुसारको यस वर्ष उत्पादन स्याहार्न नपाइने कृषक बताउँछन् ।

    उत्पादन बढाउने उद्देश्यले खेतबारीमा पछिल्लो समय रासायनिक मलको मात्रा बढ्दो छ । रासायनिक मलको मात्राले खेतीयोग्य जमिनमा नराम्रो असर पारिरहेको छ । पहिलेजसो खेतबारीमा घरायसी मल प्रयोग गरेर खेती उत्पादन गर्न नसक्ने अवस्था सिर्जना भएको छ ।

    आइतबार, भदौ ०५, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
    अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)
    सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ४.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    • ५.
      लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो:

    • ६.
      एनसेलले ल्यायो आईफोन १८ सिरिज खरिदकर्ताका लागि

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.