काठमाडौं । देशका विभिन्न स्थानीय तहमा आइतबार भएको उपनिर्वाचनको मतपरिणाम धमाधम आइरहेको छ ।
अहिलेसम्म घोषित मत परिणाम अनुसार एमालेले दैलेखको महाबु गाउँपालिका अध्यक्ष जितेको छ । यसअघिको निर्वाचनमा काँग्रेसले जितेको यो गाउँपालिकामा यसपटक भने एमालेका जंगबहादुर शाही निर्वाचित हुन भएको छ । एमालेका शाही ३ हजार १ सय २७ मत ल्याएर विजयी हुँदा काँग्रेसका झलकबहादुर भण्डारीको २ हजार ६ सय ७५ मत छ ।
यस्तै मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षमा भने माओवादी केन्द्रका नमोनारायण माझी विजयी हुनुभएको छ ।
वडाअध्यक्षतर्फ अहिलेसम्म कांग्रेसले १४ ठाउँमा जित हात पार्दा एमालेले ५ तथा माओवादीले चार वडाध्यक्ष जितेको छ । जसपा नेपालले दुई ठाउँमा जित दर्ता गरेको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीले एक, एकीकृत समाजवादीले एक, नेमकिपाले एक र स्वतन्त्रले एक स्थानमा जित निकालेको छ ।
काठमाडौं महानगरपालिका( १६ को वडाध्यक्षमा रास्वपाकी रोजिना श्रेष्ठ विजय हुनुभएको छ । रास्वपाकी श्रेष्ठ २ हजार ९ सय २ मत ल्याएर निर्वाचित हुँदा एमालेका लक्ष्मीरत्न तुलाधरले २ हजार २ सय २० मत पाउनुभयो । बाजुराको स्वामीकार्तिक गाउँपालिकाको उपाध्यक्षमा एमालेकी सुलोचनाकुमारी भण्डारी बुढा विजयी हुनुभएको छ । भण्डारीले आफ्नो निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसकी पुल्तीसरा शाहीलाई हराउँदै विजयी हुनुभएको हो ।
तेह्रथुमको लालीगुराँस नगरपालिका( ३ को वडाध्यक्षमा काँग्रेसका उम्मेदवार नगेन्द्र लिम्बु विजयी हुनुभएको छ । उता दार्चुलाको दुहु गाउँपालिका( ५ मा काँग्रेसका धनसिंह कुँवर, जाजरकोटको कुशे गाउँपालिका( ७ मा काँग्रेसकै खम्बबहादुर सिंह, रोल्पाको रुण्टीगढी गाउँपालिका( ४ मा काँग्रेसका भुपमणी पुन बिजयी हुनुभएको छ ।
त्यस्तै रुकुम पश्चिमको सानेभेरी गाउँपालिका( ५ मा काँग्रेसकै मोतिराम खत्री विजयी हुनुभएको छ भने डोटीको पुर्वचौकी गाउँपालिका( ६ मा काँग्रेसकै मोहन थापा विजयी हुनुभएको छ । मकवानपुरको हेटौंडा उपमहानगरपालिका( १२ मा काँग्रेसकै अर्जुनप्रसाद तिवारी र कीर्तिपुर नगरपालिका १ मा काँग्रेसका इच्छाकुमार महर्जन विजयी हुुनुभएको छ । उता कञ्चनपुरको भिमदत्त नगरपालिका( ६ मा काँग्रेसकै प्रकाश चन्द विजयी हुनुभएको छ भने सुनसरीको गढी गाउँपालिका( ६ मा काँग्रेसकै तेतर शाह विजयी हुनुभएको छ ।
यस्तै गुल्मीको मुसीकोट नगरपालिका–१ मा काँग्रेसकै आनन्द श्रेष्ठ ,रौतहटको इशानाथ( ७ मा काँग्रेसका शेख अब्दुल खलिक विजयी हुनुभएको छ । त्यसैगरी रौतहटकै राजापुर नगरपालिका( ६, बर्दियाको ठाकुरबाबा नगरपालिका( ४ मा अमिन चौधरी, बझाङको सुर्मा गाउँपालिका( ४ मा धीरेन्द्र पुजारा विजयी हुनु भएको छ ।
ताप्लेजुङको सिरीजंघा गाउँपालिका– ३ मा एमालेकी उम्मेदवार कुमार सावादेन विजयी हुनुभएको छ भने कपिलवस्तुको शुद्धोधन( १ मा एमाले उम्मेदवार मोहमद ताहिर मुसलमान विजयी हुनुभएको छ । त्यसैगरी ओखलढुंगाको मोलुङ गाउँपालिका( ५ गंगा वान्तवा, महोत्तरीको रामगोपालपुर नगरपालिका( २ मा सरकवुल खाँ विजयी हुनुभएको छ । धनुषाधाम नगरपालिका( १ मा माओवादी केन्द्रका सुनिल कापर, उदयपुरको त्रियुगा नगरपालिका( १२ मा नविनकुमार वान्तवा, नुवाकोटको ककनी गाउँपालिका( २ मा माओवादी केन्द्रका कृष्ण घिमिरे र गोरखा नगरपालिका( ५ मा बिष्णुबहादुर राना विजयी हुनुभएको छ ।
रौतहटको गढीमाई नगरपालिका( ८ मा एकीकृत समाजवादीका बजरंगी प्रसाद यादव विजयी हुनुभएको छ । सप्तरीको डाक्नेश्वरी नगरपालिका १ र ४ मा जसपा नेपालका धीरेन्द्रकुमार शाह र देवेन्द्र यादव विजयी हुुनुभएको छ । झापाको कनकाइ नगरपालिका( ६ मा स्वतन्त्र उमेदवार लक्ष्मीप्रसाद ओली विजयी हुनुभएको छ । कालिकोटको तिलागुफा नगरपालिका( ४ मा नेपाल मजदुर किसान पाटीको खड्कराज शाही निर्वाचित हुनुभएको छ ।




