जेठ ३१ चितवन, चितवनको रत्ननगर नगरपालिका(१६ स्थित भद्रकाली माध्यमिक विद्यालयमा भोलि ९आइतबार० घटना दर्ता सम्बन्धि सचेतनामुलक कार्यक्रम हुने भएको छ।
नगरपालिकाको सामाजिक सुरक्षा तथा पञ्जीकरण उपशाखाको आयोजनामा व्यक्तिगत घटना दर्तालाई शतप्रतिशत सुनिश्चित गर्ने लक्ष्यका साथ विद्यालयका शिक्षक,कर्मचारी,विद्यालय व्यवस्थापन समितिका पदाधिकारी ,विद्यार्थी र पन्जिकरण सम्बन्धी सचेतनामुलक कार्यक्रम हुने भएको हो।
कार्यक्रममा जन्म, मृत्यु, विवाह, बसाइँसराइ र सम्बन्धविच्छेदजस्ता महत्त्वपूर्ण व्यक्तिगत घटनाहरूको दर्ताको महत्त्व, प्रक्रिया, कानुनी पहिचान र राज्यबाट प्राप्त हुने सेवासुविधा लगायतका बिषयमा जानकारी दिईनेछ।
कार्यक्रम नगरपालिकाको सामाजिक सुरक्षा तथा पञ्जीकरण उपशाखा प्रमुख रामप्रसाद बस्ताकोटीले सहजीकरण गर्नुहुनेछ।
यो अभियानले विद्यालय तहका विद्यार्थीहरुमा घटना दर्ताको महत्त्वबारे सचेतना फैलाउन र कानुनी पहिचान सुनिश्चित गर्न महत्त्वपूर्ण योगदान पुग्ने बस्ताकोटिले जानकारी दिनुभयो ।
अभियान अन्तर्गत असार पहिलो हप्तामा रत्ननगरका तीन वटा सामुदायिक विद्यालयमा उक्त कार्यक्रम संचालन हुनेछ। जस अन्तर्गत असार १ गते रत्ननगर९१६ स्थित भद्रकाली माध्यमिक विद्यालय,असार ३ गते रत्ननगर ९८ स्थित चित्रसारी माध्यमिक विद्यालय र असार ५ गते रत्ननगर९८ स्थित मालपुर माध्यमिक विद्यालयमा सो कार्यक्रम संचालन गरिने बस्ताकोटिले जानकारी दिनुभयो ।




