• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
आइतबार, असोज १८, २०८३
☰
आइतबार, असोज १८, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ४. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ५. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ६. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

  • ७. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

  • ८. कान्ति राजमार्ग पुनः दुईतर्फी सञ्चालन

  • ९. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

  • १०. भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५४ जनाको शव फेला

युवा व्यवसायी सिरीष पन्तले गरे उवासंघ चितवनको अध्यक्षमा उम्मेदवारी घोषणा


  •   आइतबार, कार्तिक १६, २०८२ मा प्रकाशित
  • चितवन- युवा व्यवसायी सिरीष पन्तले उद्योग वाणिज्य संघ चितवनको अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् ।
    पन्तले आज प्रेस विज्ञप्ती जारी गर्दै आसन्न निर्वाचनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । पन्त यसअघिको निर्वाचनमा पनि अध्यक्षमा पदमा उम्मेदवारी दिएका थिए।
    यस्तो छ अध्यक्षका उम्मेदवार पन्तले जारी गरेको प्रेस विज्ञप्ती
    आदरणीय उद्योगी, व्यवसायी, सञ्चारकर्मी, शुभेच्छुक तथा चितवन उद्योग वाणिज्य संघका आदरणीय सदस्य महानुभावहरूमा हार्दिक नमस्कार।
    म सिरीष पन्त, चितवन उद्योग वाणिज्य संघको आसन्न अधिवेशनमा अध्यक्ष पदका लागि आफ्नो उम्मेदवारी घोषणा गर्दछु। यो उम्मेदवारी कुनै व्यक्तिगत महत्वाकांक्षा होइन, बरु चितवनका सबै व्यवसायीहरूको साझा आवाज हो ,एक यस्तो आवाज, जसले थकित बजारको पीडा सुन्छ र समाधान खोज्ने साहस गर्छ, म केवल पदको लागि होइन, नयाँ सोच, सशक्त युवा नेतृत्व र पारदर्शी नेतृत्वको लागि तपाईंको विश्वास माग्न चाहन्छु।
    म मात्र होइन, सशक्त युवा व्यवसायी टिमसहित हामी अघि बढ्नेछौं, हाम्रो टीम युवा ऊर्जा, अनुभव र जिम्मेवारीको संगम हो। हामीले योजना बनाएका छौं — बजार व्यवस्थापन सुधार, डिजिटल सदस्य सेवा, व्यवसायी सुरक्षा सुनिश्चितता, र स्थानीय उत्पादन प्रवर्द्धन, हामी कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र आइ।टी। जस्ता क्षेत्रलाई जोड्दै व्यवसाय र समाज दुवैलाई सशक्त बनाउने लक्ष्यमा छौं।
    चितवन हाम्रो अभिमान हो — नारायणगढ यसको मुटु, रत्ननगर यसको आत्मा, टाँडी र खैरहनी यसको व्यापारिक आधार, माडी यसको सम्भावना र इच्छाकामना यसको विस्तार हो । यी सबै क्षेत्रका व्यवसायीहरूको पसिना र लगानीले चितवनको अर्थतन्त्र धानेको छ। तर विगत केही वर्षयता, हाम्रो बजारहरू अव्यवस्थित र असन्तुलित हुँदै गएका छन्, व्यवसायीहरूले लगानी तिरेका छन्, कर तिरेका छन्, तर त्यसको प्रतिफलमा निराशा र असहज बाताबरण मात्रै पाएका छन् ।
    नारायणगढ बजार आज फोहोर, पार्किङ अभाव, ट्राफिक जाम र योजना विहीन व्यवस्थापनको उदाहरण बनेको छ, पसलभित्रका ग्राहक सडकमा फुटपाथमा हराइरहेका छन्, स्थायी व्यवसायीहरूले कर तिरेर पसल चलाउँदा, फुटपाथमा अनुमति बिना व्यवसाय हुने प्रवृत्तिले असमान प्रतिस्पर्धा र अन्यायपूर्ण बनाएको छ।
    यो केवल एक ठाउँको समस्या होइनस रत्ननगर, टाँडी, खैरहनी, माडी र इच्छाकामना सबै क्षेत्रका व्यवसायीहरूलाई समान रूपले प्रभावित गरेको छ।
    यी फुटपाथ व्यवसायीहरू पनि नागरिक हुन्, उनीहरूको जीवन निर्वाह गर्नुपर्ने आवश्यकता छ तर बजारको मूल ढाँचा र सुरक्षालाई क्षति पुर्‍याउने गरी कुनै पनि कार्य हुनु हुँदैन,
    स्थायी व्यवसायीको अधिकार सुरक्षित गर्दै फुटपाथ व्यवसायलाई व्यवस्थापन गर्ने हाम्रो प्रमुख लक्ष्य रहनेछस
    सडक र बजार दुबै चल्ने अबधारणा सहित सरोकारवाला निकाय सग समन्वय र छलफल गरि ठोस कदम चाल्नेछौ
    हामी चितवनका सबै बजारलाई योजनाबद्ध र व्यवस्थित बनाउन, बजारमा सौन्दर्यीकरण, पार्किङ क्षेत्रको विस्तार, ट्राफिक व्यवस्थापन सुधार, र फुटपाथ व्यवस्थापन, व्यवसायी–सुरक्षा सहकार्य प्रणाली निर्माण गरी रात्री समयमा पनि बजार सुरक्षित बनाउन सरोकारवाला निकाय हरुसग समन्वय र छलफल गरि कार्वान्वयन तर्फ लाग्नेछौ,
    रत्ननगर, टाँडी, खैरहनी, माडी र इच्छाकामना जस्ता क्षेत्रका व्यवसायीहरूलाई पनि समान ध्यान दिइनेछ। यी क्षेत्रहरूलाई चितवनको आर्थिक केन्द्रसँग जोड्ने डिजिटल र नीतिगत पहल गर्नेछौं। “ःबमभ ष्ल ऋजष्तधबल” अभियानमार्फत स्थानीय उत्पादनलाई राष्ट्रिय बजारमा पुर्‍याउने र पर्यटनसँग जोड्ने दीर्घकालीन योजना अघि सारिनेछ।
    संघलाई हामी पारदर्शी, समावेशी र नतिजामुखी बनाउनेछौं। निर्णयहरू खुला रूपमा हुनेछ, योजनाहरू व्यवसायी सामु प्रस्तुत गरिनेछ, र हरेक आवाजलाई सुन्ने नेतृत्व प्रणाली विकसित गरिनेछ।
    हामी युवा पुस्ता हौं, तर अनुभव र जिम्मेवारी दुवैको सम्मान गर्छौं, पुरानो पुस्ताको मार्गदर्शन र नयाँ पुस्ताको जोश मिलाएर मात्रै संघ सशक्त बन्न सक्छ भन्ने हाम्रो विश्वास छ। महिला व्यवसायी, युवा उद्यमी र सबै तहका व्यवसायीहरूलाई अवसरका ढोका खुला गर्ने हाम्रो प्राथमिकता रहनेछ।

    Advertisement

    चितवन केवल भौगोलिक परिभाषा होइन ,यो गौरव, सम्भावना र पहिचानको प्रतीक हो। कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य र सूचना प्रविधि ९आईटी० जस्ता क्षेत्रहरूमा अपार सम्भावना बोकेको यो जिल्ला देशकै आर्थिक केन्द्रको रूपमा उभिन सक्ने क्षमता राख्छ। कुनै समय, चितवन महोत्सव यस जिल्लाको आर्थिक, सामाजिक र सांस्कृतिक गौरवको परिचय थियो।
    स्थानीय उत्पादनको प्रदर्शनदेखि व्यापारिक साझेदारीसम्म, महोत्सवले उद्योगी–व्यवसायीमा नयाँ उत्साह भर्ने काम गरेको थियो। महोत्सवले न केवल व्यापारिक गतिशीलता बढायो, बरु सम्पूर्ण चितवनको पहिचानलाई राष्ट्रिय स्तरमा उजागर गर्ने माध्यमका रूपमा स्थापित भयो।
    तर पछिल्ला वर्षहरूमा, त्यो गौरव र गरिमा क्रमशः ओझेल पर्न थालेको अनुभूति व्यवसायिक समुदायले गर्न थालेको छ। महोत्सव आफ्नो मौलिक उद्देश्य उद्योग, व्यापार र स्थानीय उत्पादनको प्रवर्द्धन बाट बिस्तारै टाढिँदै गएको स्पष्ट देखिन्छ।
    स्थानीय व्यवसायीहरूका अनुसार, महोत्सवले विगतमा स्थानीय उत्पादन, व्यापारिक सहकार्य र उद्योग–पर्यटन प्रवर्द्धनमा ठुलो योगदान दिएको थियो तर पछिल्ला संस्करणहरूमा पारदर्शिता अभाव र व्यक्तिगत स्वार्थ हावी हुन थालेपछि महोत्सवको विश्वसनीयता घट्दै गएको बताएका छन्।
    कुनै समय चितवनको व्यापारिक आत्मविश्वास झल्काउने महोत्सव आज विश्वास र विश्वसनीयता दुवै गुमाउँदै गएको धारणा प्रबल बन्दै गएको छ।
    स्थानीय व्यवसायीहरूको अपेक्षा छ चितवन महोत्सव फेरि पनि त्यही पुरानो जोश, पारदर्शिता र उद्देश्यका साथ फर्कियोस्स उद्योग र उद्यमशीलतालाई जोड्ने, स्थानीय उत्पादनलाई बजारमा पुर्‍याउने र चितवनको पहिचान पुनः उजागर गर्ने मञ्चका रूपमा पुनः स्थापित होस्।
    अब आवश्यक छ नयाँ सोच, नयाँ नेतृत्व र साझा दृष्टिकोणसहित महोत्सवको पुनर्जागरण, यसको लागि चितवन उद्योग वाणिज्य संघको आगामी अधिवेशन त्यस दिशामा एक निर्णायक मोड सावित हुन सक्ने अपेक्षा सर्वत्र छ।
    चितवनका आदरणीय उद्योगी–व्यवसायी महानुभावहरु,
    हामीले धेरै सुनेका छौं “समस्या समाधान हुँदैन, कुरा मात्रै हुन्छ”
    अब त्यो समय बदलौं,
    अब हामी मात्र सुन्न होइन, गर्न चाहन्छौं,
    हामीको उद्देश्य पद होइन, परिवर्तन हो,
    हाम्रो अभियान चितवनका सबै व्यवसायीहरूको साझा हकको अभियान हो।
    अब केवल हेर्ने वा सुनिरहने समय होइन, अब तपाईंको मतले परिवर्तन ल्याउने समय हो, तपाईंको मतदानले युवा नेतृत्वलाई सशक्त बनाउँछ, संघलाई पारदर्शी बनाउँछ, र चितवनका सबै व्यवसायीहरूको भविष्य सुरक्षित बनाउँछ।
    हामी विश्वास गर्छौं, जब युवा एकजुट हुन्छन्, तब सोच, ऊर्जा र जोशले असम्भवलाई सम्भव बनाउँछ, तपाईंको समर्थन र मतदानले मात्र यो अभियान सफल हुनेछ। हामी तपाईंहरूको विश्वासको सम्मान गर्नेछौं र हरेक क्षेत्रमा पारदर्शिता, न्याय र समृद्धि सुनिश्चित गर्नेछौं।
    आदरणीय उद्योगी–व्यवसायी महानुभावहरु,
    अब हामीसँग अवसर छ, सशक्त युवा नेतृत्व रोज्ने, चितवन उद्योग वाणिज्य संघलाई नवजीवन दिने र समग्र व्यवसायी समुदायको हित सुनिश्चित गर्ने।
    हामी तपाईंको मतको प्रतीक्षा गरिरहेका छौं, तपाईंको मत, तपाईंको आवाज, तपाईंको शक्ति हो,
    म तपाईंहरूको साथ, समर्थन, मतको र सुझावको हार्दिक अपेक्षा गर्दछु,
    तपाईंको विश्वासलाई, हामी हाम्रो जिम्मेवारी बनाउँछौंस तपाईंको समस्या, हामी हाम्रो प्राथमिकता राख्छौं ।
    अब समय आएको छ, हामी सबै मिलेर निर्माण गर्ने— एक पारदर्शी, सशक्त र व्यवसायमैत्री चितवन उद्योग वाणिज्य संघ।
    धन्यवाद।

    आइतबार, कार्तिक १६, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
    अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)
    सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ४.
      लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो:

    • ५.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    • ६.
      दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.