भरतपुर, चितवन । मोमोप्रेमीहरूका लागि चितवनमा एक नयाँ र स्वादिलो गन्तव्य थपिएको छ। लोकप्रिय मोमो ब्रान्ड ‘लाप्सीको झोल मोमो’ ले भरतपुर–३, शहीदचोकमा आफ्नो नयाँ शाखा भव्यताका साथ सञ्चालनमा ल्याएको छ।
फुड डायरीका अध्यक्ष अर्जुन सुनारद्वारा सञ्चालन गरिएको यो ब्रान्डलाई उनले यसअघि नै युवामाझ अत्यन्तै लोकप्रिय बनाइसकेका छन्। उद्घाटन कार्यक्रममा उपस्थित आगन्तुकहरूले विभिन्न स्वादिष्ट मोमोहरू चाख्दै, विशेष रूपमा चिनिने लाप्सीको झोलको स्वाद र व्यवस्थापनको सेवा शैलीको प्रशंसा गरेका थिए।
अध्यक्ष अर्जुन सुनारले शहीदचोक शाखा सुरु गर्नुको मुख्य उद्देश्य चितवनबासीलाई स्वादिष्ट, गुणस्तरीय र स्वच्छ मोमो अनुभव प्रदान गर्नु रहेको बताए। उनका अनुसार, फुड डायरीसँग सहकार्य गर्दै यस शाखाबाट सेवा विस्तार गर्ने योजना अघि बढाइँदैछ र निकट भविष्यमा लाप्सीको झोल मोमोलाई प्रदेशभर शाखा विस्तार गर्ने लक्ष्य रहेको छ।
समारोहमा आगन्तुकहरूका लागि विशेष अफर र स्वागत कार्यक्रमको व्यवस्था गरिएको थियो, जसले कार्यक्रममा उत्साह थपेको थियो।




