काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य केही घटेको छ ।
आज सुन ३०० रुपैयाँले घटेर प्रतितोला रु २ लाख ५३ हजार ३०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । सोमबार सुन प्रतितोला रु २ लाख ५३ हजार ६०० मा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य भने बढेको छ । चाँदी आज प्रतितोला रु १० रुपैयाँले बढेर ३ हजार ५४५ निर्धारण भएको छ ।
हिजो चाँदी प्रतितोला रु ३ हजार ५३५ मा कारोबार भएको थियो ।




