नेपाल प्रिमियर लिग (एनपीएल) को जारी खेलमा आज लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स आमनेसामने हुँदैछन्। टियु रंगशालामा अपराह्न ४:०० बजे खेल सुरु हुनेछ
रोहित पौडेलको कप्तानीमा लुम्बिनी लायन्स र जनकपुर बोल्ट्सको कप्तानी अनिल साहले गरेका छन् ।
लुम्बिनी र जनकपुर दुवै प्लेअफको दौडमा छन्। लुम्बिनी हाल ६ खेलबाट ६ अंकसहित तालिकामा चौथो स्थानमा छ भने जनकपुर ५ खेलबाट २ अंकसहित पुछारमा छ। जनकपुरले हालसम्म पाँच खेलबाट दुई अङ्क मात्र पाएको छ।
यदि लुम्बिनीले आज जित्यो भने, प्लेअफमा स्थान सुरक्षित गर्ने अन्तिम टोली बन्नेछ। जनकपुरले भने आजको खेल जितेर आफ्नो प्लेअफको सम्भावनालाई कायमै राख्ने प्रयास गर्नेछ।




