काठमाडौं । नेकपा (एमाले)को ११ औं महाधिवेशनको बन्द सत्र आज भृकुटीमण्डपमा सुरु हुदैछ। केन्द्रीय कमिटीको बैठक सकिएपछि १२:३० बजे भृकुटीमण्डपमा बन्दसत्र सुरु हुनेछ ।
बिहान ८ बजेका लागि तय भएको बन्द सत्र आजै बिहान बसेको केन्द्रीय समितिको बैठकका कारण दिउँसो १२:३० बजेका लागि सरेको जानकारीमा आएको छ।
अधिवेशनले पार्टीको नयाँ नेतृत्व चयन गर्ने अपेक्षा गरिएको छ। आज बिहान ९ बजे बन्द सत्र स्थलमा केन्द्रीय समितिको बैठक बोलाइएको छ।
शनिबार भक्तपुरको सल्लाघारीमा शक्ति प्रदर्शनसहित महाधिवेशनको उद्घाटन गरेपछि एमाले आजबाट नेतृत्व चयन प्रक्रियामा प्रवेश गरेको हो। बन्दसत्रमार्फत आगामी पाँच वर्षका लागि पार्टीको नयाँ नेतृत्व चयन गरिनेछ।
नेकपा एमालेको एघारौँ महाधिवेशनमा अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुँदैछ। यद्यपि, औपचारिक घोषणा हुन अझै बाँकी छ।




