काठमाडौं । निरन्तर बढिरहेको सुनचाँदीको मूल्य आज बुधबार पनि बढेको छ ।
आज सुन प्रतितोला ७०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । जसअनुसार एक तोला सुनको मूल्य आज २ लाख ५९ हजार ७०० रुपैयाँ पुगेको छ । मंगलबार सुन प्रतितोला २ लाख ५९ हजार रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, चाँदीको मूल्य १७० रुपैयाँले बढेर प्रतितोला ४ हजार ५५ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदीको मूल्य प्रति तोला ३ हजार ८८५ रुपैयाँमा कारोबार भएको थियो ।




