काठमाडौं । ‘हामी नेपाल’ का संस्थापक तथा जेनजी आन्दोलनका अगुवा सुदन गुरुङले सामाजिक सञ्जालमा ‘जरुरी सूचना’ जारी गर्दै सरकारले आन्दोलनकारीसँग गरेको सम्झौता विपरीत काम गरिरहेको आरोप लगाएका छन् ।
सरकारको कार्यशैलीप्रति आक्रामक देखिएका गुरुङले पीडित परिवारका सदस्यहरूलाई न्याय र रिहाईका निम्ति सिधै गृहमन्त्री र सम्बन्धित अधिकारीहरूलाई सम्पर्क गर्न भन्दै उनीहरूको व्यक्तिगत मोबाइल नम्बर समेत सार्वजनिक गरेका छन् ।
सरकारले जेनजी आन्दोलनसँग सम्झौता गरे पनि प्रहरीले आन्दोलनका सहभागीविरुद्ध मुद्दा चलाउने क्रम नरोकेको भन्दै भदौ २३ र २४ मा भएको आन्दोलनमा पक्राउ परेका तर अझै रिहा हुन नसकेका व्यक्तिहरूका परिवारले सिधै गृहमन्त्री ओमप्रकाश अर्याल, गृहसचिव र सचिव सँग सम्पर्क गर्नु भनेर उनीहरुको नम्बर सार्वजनिक गरेका छन् ।
IMPORTANT NOTICE
जेनजी जनादेश सम्माननीय प्रधानमन्त्रीबाट हस्ताक्षर पश्चात् राजपत्रमा अंकित भएर सार्वजनिक भएता पनि, सम्माननीय राष्ट्रपतिबाट हस्ताक्षरमा भईरहेकाे आनाकानीका कारण, जेनजी र सरकारपक्षबिच भएकाे सम्झाैता बमोजिम भ्रष्टाचारीलाई र हत्यारालाई छानबिन र कार्वाहीकाे दायरामा ल्याउनबाट पछाडि हट्दै उल्टै, भाद्र २३/२४ का आधारमा झुठा अभद्र मुद्वामा फसाएर पक्राउ गर्ने र बारम्बार हामीले रिहाईका निम्ति पिडित पक्षका परिवारलाई सघाउदा पनि, मुद्वा र धराैटिका कारणले रिहाई हुन नसेका पिडित पक्षका परिवारले अबदेखि रिहाईका निम्ति जेनजीका रगतमा उभिएर शासन गर्दै गरेका सरकारका सुरक्षा निकायका गृहमन्त्री ज्यू र स्वकिय सचिवलाई सम्पर्क गर्नुहाेला
ओम प्रकाश अर्याल गृहमन्त्री ज्यू :9841293867
धिरज जोशी स्वकीय सचिव :9861484632
गृहसचिब रामेश्वर दंगाल : 9841364009




