काठमाडाैं । सहकारी ठगी प्रकरणमा कारागार चलान भएका गोर्खा मिडियाका सञ्चालक छविलाल जोशी रिहा भएका छन् । उनी आइतबार ३ करोड धरौटी रकम बुझाएर रिहा भएका हुन् । रुपन्देही जिल्ला अदालतका न्यायाधीश डिल्लिराम शर्मा अर्यालको एकल इजलासले उनीसँग धरौटी माग गर्ने आदेश गरेको हो ।
जोशीले थुनाबाहिर बस्न पाउनुपर्ने माग गर्दै दिएको निवेदनमाथि सुनुवाइ गर्दै उच्च अदालत, बुटवलले मिसिल पुनः जिल्लामै फिर्ता पठाउने आदेश दिएको थियो । आइतबार रुपन्देही जिल्ला अदालतका न्यायाधीश डिल्लिराम शर्मा अर्यालको इजलासले उनीसँग धरौटी माग गर्ने आदेश गरेको हो ।




