काठमाडौं । लगातार उकालो लागिरहेको सुनको मूल्यले आइतबार नयाँ रेकर्ड कायम गरेको छ ।
साताको पहिलो कारोबार दिन आज आइतबार सुनको मूल्य प्रतितोला २ लाख ७० हजार ६ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो हालसम्मकै उच्च यो मूल्य हो । गत शुक्रबारको तुलनामा यो मूल्य रु १३०० ले बढेको हो । शुक्रबार सुन प्रतितोला २ लाख ६९ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, चाँदीको मूल्यमा पनि भारी वृद्धि भएको छ । शुक्रबार प्रतितोला ४ हजार ५६५ रुपैयाँ रहेको चाँदी आज एकैदिन २७० रुपैयाँले बढेर ४ हजार ८३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । चाँदीको यो पनि हालसम्मकै उच्च मूल्य हो ।




