काठमाडौं । आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक उम्मेदवारको बन्द सूची बुझाउने आज अन्तिम दिन हो। निर्वाचन कार्यतालिका अनुसार आइतबारदेखि दलहरूले समानुपातिक उम्मेदवारको बन्द सूची पेस गर्न थालेका थिए।
विभिन्न राजनीतिक दलहरू समानुपातिकतर्फको बन्द सूची बुझाउन निर्वाचन आयोग पुगेका छन् । दलका प्रतिनिधिहरू बन्द सूची बुझाउन आवश्यक कागजात मिलाउँदै आयोग परिसरमै तयारी गरिरहेका छन् ।
निर्वाचन आयोगले पुस १३ र १४ गते यस कार्यक्रमको मिति निर्धारण गरेकाले दलहरूले आज कार्यालय समयभित्र बन्द सूची बुझाइसक्नुपर्नेछ। केही दलहरूले आइतबार नै सूची बुझाइसकेका छन् भने केही दलहरू अझै आन्तरिक छलफलमै व्यस्त छन्।




