काठमाडौँ ७ भदौ
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आगामी निर्वाचनमा आफ्नै चुनाव चिह्न लिएर निर्वाचनमा जाने बताएका छन् ।
मंगलबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष नेपालले माओवादी केन्द्रसँग कसरी मिलेर जान सकिन्छ भन्ने विषयमा कुराकानी भएको भन्दै आगामी निर्वाचनमा भने आफ्नै चूनाव चिह्नमा लड्ने बताएका हुन् ।
पाँच दलीय गठबन्धनलाई आधार मानेर निर्वाचनको तयारी गर्ने उनको भनाइ छ । उनले माओवादी केन्द्रसँग चुनावअघि एकता सम्भव नरहेको र त्यसपछि एकतालाई अघि बढाउन एकता संयोजन समिति बनाउने तयारी भइरहेको जानकारी दिए ।
हिजो मात्र प्रचण्ड-माधव बसेर दुई दलबीच आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा संयुक्त घोषणापत्र लिएर जाने समझदारी बनेको छ ।




