काठमाडौं । जेनजी अभियन्ता सुदन गुरुङले औपचारिक रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गर्ने घोषणा गरेका छन्।
गुरुङले आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत उक्त जानकारी सार्वजनिक गरेका हुन्। हामी नेपाल नामक संस्थामार्फत सामाजिक अभियानमा सक्रिय गुरुङ जेनजी आन्दोलनपछि राष्ट्रिय राजनीतिमा चर्चित व्यक्तित्वका रूपमा उभिएका छन्।
“आज दिउँसो ३:३० बजे, बालेन शाह र म औपचारिक रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी मा प्रवेश गर्दैछौँ। यो निर्णय पद, शक्ति वा व्यक्तिगत स्वार्थका लागि होइन, जनताको अपेक्षा र जिम्मेवारीप्रतिको प्रतिबद्धताबाट आएको हो। तपाईंहरूले माग गर्नुभएको जवाफदेहिता, दिशा र नतिजालाई अब संस्थागत रूपमा अघि बढाउने समय आएको छ। जनहित पहिलो प्राथमिकता रहनेछ, युवाको विश्वास सुरक्षित रहनेछ, र परिवर्तनलाई स्थायी बनाइनेछ। यो यात्रा तपाईंहरूसँगै अघि बढ्छ।”




