चितवन । चितवनमा गैंडाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा भरतपुर महानगरपालिका-३ निवासी ५५ वर्षीय तेजबहादुर रहेका छन्। शुक्रबार दिउँसो घर नजिकैको बाटोमा हिंडिरहेका बेला पाठकमाथि आक्रमण भएको प्रहरीले जनाएकाे छ।
आक्रमणबाट गम्भीर घाइते भएका उनलाई भरतपुर अस्पताल लगिएको थियो, जहाँ उपचारको क्रममा उनको मृत्यु भएको हाे।
प्रहरीले शव पोस्टमार्टमको लागि भरतपुर अस्पतालमा राखेको बताएको छ।




