काठमाडौं, माघ २८ । स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार उकालो लागेको छ। मङ्गलबारको तुलनामा बुधबार पनि दुवै धातुको भाउ बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल सुन प्रतितोला रु ३,०६,६०० कायम भएको छ भने चाँदी प्रतितोला रु ५,२९० पुगेको छ।
मङ्गलबार सुन प्रतितोला रु ३,०५,५०० र चाँदी रु ५,२४० मा कारोबार भएको थियो। सोमबार सुन प्रतितोला रु ३,०४,६०० र चाँदी रु ५,२५० मा खरिदबिक्री भएको थियो।
अन्तरराष्ट्रिय बजारमा भने आज सुन प्रतिऔँस ५,०६० अमेरिकी डलर र चाँदी प्रतिऔँस ८२ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।




