काठमाडौं, फागुन १ । पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट काठमाडौं आइपुगेका छन्। पूर्व निर्धारित तालिका अनुसार बुद्ध एयरबाट आउने भनिए पनि उनी अन्तिम समयमा दमकस्थित आफ्नै चिया बगानबाट हेलिकप्टरमार्फत काठमाडौं फर्किएकाे उनको निजी सचिवालयले जनाएको छ।
विमानस्थल क्षेत्रमा प्रशासनले ५ जनाभन्दा बढी भेला हुन नपाउने गरी निषेधाज्ञा जारी गरे तापनि व्यवसायी दुर्गा प्रसाईँ ठूलो संख्याको भिडसहित विमानस्थल पुगेका छन्। निषेधाज्ञाका कारण सुरक्षा व्यवस्था निकै कडा पारिएको छ र बिहानैदेखि विमानस्थल प्रवेश गर्ने व्यक्तिहरूमाथि कडा जाँच भइरहेको छ। विमानस्थल प्रशासनले भने यसलाई सुरक्षा निकायको नियमित दायित्व र प्रक्रियाअन्तर्गतको सतर्कता भएको बताएको छ।




