बुटवल, फागुन १ । रूपन्देही क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार समाजसेवी एवं व्यवसायी चुन्नप्रसाद पौडेलको पक्षमा चुनावी माहोल बलियो बन्दै गएको छ। नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलको विरासत मानिने यस क्षेत्रमा यस पटक कांग्रेसका पौडेलले कडा टक्कर दिने स्थानीयको बुझाइ छ।
साढे दुई दशकदेखि रूपन्देहीमा केन्द्रित भएर समाजसेवा र व्यवसायमा सक्रिय पौडेलले आफ्ना उद्योगहरू मार्फत करिब पाँच हजार युवालाई प्रत्यक्ष रोजगारी दिएका कारण पनि जनस्तरमा उनी लोकप्रिय देखिएका हुन्। बिहीबार बुटवलमा आयोजित चुनावी कार्यक्रमका सहभागीहरूले स्थानीय समस्या समाधान गर्न सक्ने क्षमतावान् र समाजसेवी उम्मेदवारका रूपमा पौडेललाई मतदान गर्न आफूहरू उत्साही रहेको बताएका छन्।
एकातिर ‘बदलिएको कांग्रेस’ को नारा र अर्कोतिर सफल उद्यमीको छवि भएकाले यस पटक रूपन्देही २ को नतिजा कांग्रेसको पक्षमा जाने बलियो आधार देखिएको छ।




